फेसबुकमा गोपनियता कायम राख्ने सूत्रहरु
फेसबुकमा गोपनियता
कायम राख्ने सूत्रहरु
फेसबुक अहिले धेरैको रोजाइमा परेको सामाजिक सञ्जाल हो ।
तर, यसको
प्रयोगको क्रममा कतिपय कुराहरु गोप्य राख्न
नसकेर प्रयोगकर्ता हैरान भइरहेका छन् ।
मैले तपाईलाई केही
प्रारम्भिक सुरक्षा उपायहरुबारे जानकारी दिन कोसिस गरेका छु, जुन फेसकुकमा उपलब्ध
छन् । यी उपायले तपाईं आफ्नो गोपनीय सूचना,
तस्वीर र पोष्टहरु सुरक्षित राख्न
सक्नुहुनेछ । मन नपरेका साथीलाई
प्रतिवन्ध, लगाउन सक्नुहुनेछ, पुराना पोष्ट
हेर्नबाट बन्देज लगाउन सक्नुहुनेछ अनि,
जथाभावी आउने इभेन्ट्स र एप
रिक्वेष्टलाई पनि कम गर्न
सक्नुहुनेछ ।
तपाईले यसका लागि धेरै ठूलो काम केही गर्नु पर्दैन् । केवल
फेसबुकको ‘प्राइभेसी
सेक्सन’मा
केही परिमार्जन गरे पुग्छ ।
म यहाँ तस्वीरसहित केही सुरक्षा उपायबारे जानकारी दिँदैछु, जुन बिभिन्न
अन्तराष्ट्रिय संचारमाध्यमबाट साभार गरिएका छन् ।
(१) फेसबुक पेज
खोल्नुहोस् । दाहिनेपट्टिको माथिल्लो कुनामा क्रसर लाग्नुहोस् । त्यहाँ मेनुमा
क्लिक गरेर सेटिङ्समा जानुहोस् ।
(२) सेटिङभित्र
प्राइभेसी भन्ने आउँछ, त्यसलाई
खोल्नुहोस् ।
(३) प्राइभेसीभित्र
प्राइभेसी सेटिङ्स र टूल्स छ । त्यसमा तपाईंले विगतमा पोस्ट गरेको जानकारी, आफूलाई अरुले फेला पार्नसक्ने प्रोफाइल, सम्पर्क ठेगाना, इमेल आईडी र अरुको
म्यासेज फिल्टर गर्न
सकिने आदि अप्सन दिइएको छ ।
यहाँ दिएका हरेक अप्सनमा तपाईले आफुलाई सुरक्षित राख्ने
उपायहरु छन् ।
(४) आगामी दिनमा पोस्ट
गर्ने जानकारी आफूले
नचाहेको तथा अपरिचित व्यक्तिले हेर्न नसकून् भन्नाका लागि यो तस्वीरमा देखाइएजस्तै
‘पब्लिक’ को सट्टा फ्रेन्ड्स
अप्सन सेट गर्नुहोस्
(५) तपाईले केही समय
पहिले लेखेको कुनै स्टाटस
वा सेयर गरेको तस्वीर अहिले कसैले पनि नहेरुन भन्ने लागेको छ भने त्यसका लागि तपाईले
सिमित अबधिका पुराना पोष्टमात्र देखिने बनाउन सक्नुहुन्छ । यसका
लागि तस्वीरमा देखाइएझैं लिमिट पोष्टमा क्लिक गरी सेटिङ चेन्ज गर्न
सक्नुहुन्छ ।
(६) आफूलाई जो कोही आमन्त्रण
अर्थात् फ्रेन्ड
रिक्वेस्ट पठाउन नसकून् भन्ने चाहनुहुन्छ भने यसको पनि उपाय छ । तस्वीरमा देखाइएझैं
तपाईले एभ्रिवनको सट्टा फ्रेन्डस् अफ फ्रेन्ड्स क्लिक गर्नुभयो भने तपाईका
फेसबुक साथीका साथीले मात्र तपाईलाई एड गर्न सक्छन,
तपाईका साथीहरुसँग साथी नभएकोले
पाउँदैन् ।
(७) जो सुकैले इमेल
सर्च गरेर इनबक्स म्यासेज नपठाओस भन्नका लागि निश्चीत बन्देजहरु लगाउन सकिन्छ ।
(८) तपाईंलाई जो
कोहीले इमेल एडेसमार्फत् पत्ता लगाउन नसकून् भन्ने चाहनुहुन्छ भने तस्वीरमा देखाइएझैं
साथी वा साथीको
साथीको अप्सनमा सेट गर्नुहोस् ।
(९) सर्च इन्जिनहरुले
तपाईंको टाइमलाइनमा लिंक गर्न नसकून् भन्ने तस्वीरमा देखाइएको अप्सनमा टीकमार्क
हटाउनुहोस । जसले
गर्दा सर्च इन्जिनमा तपाईको टाइमलाइनको लिंक देखिने छैन् ।
(१०) कसैलाई फेसबुकमा
आफ्नो सूचना, फोटो आदि अपडेटहरु
हेर्नबाट प्रतिबन्ध तगर्न चाहनुहुन्छ भने पनि उपाय छ । प्राइभेसी सेटिङ्स
एण्ड टूल्समा जानुहोस् र देब्रेपट्टि ‘प्राइभेसी’ भित्र
ब्लकिङ्ग भन्ने अप्सन छ । त्यहाँ
थिच्नुहो्स र फेसबुक मित्रहरुको नाम छनौट
गरि ब्लक लिष्टमा समावेश गर्नुहोस् ।
भूपू मायालु, पूर्व
हाकिम वा परिवारका सदस्यलाई
कुनै खास हेर्नबाट प्रतिबन्ध लगाउन तपाईलाई यो टुल काम लाग्नसक्छ ।
(११) कतिपय फेसबुक
साथीहरुले तपाईंलाई निकै ‘इरिटेट’ गरिरहेका हुन सक्छन्
। यसबाट छूटकारा पाउन खोज्नुहुन्छ होला ।
यसको लागिप् राइभेसी सेटिङ्स एण्ड
टूल्सभित्र जानुहोस् र म्यानेज ब्लकिङ
खोल्नुहोस् । अब तपाईंले फेसबुक फ्रेण्ड
प्रतिवन्धगर्न सक्नुहुनेछ ।
(१२) तपाईंलाई जो कोही
एप्स वा इभेन्ट पठाएर
हैरान भइरहनु भएको होला । यसबाट मुक्ति पाउन सक्नु हुनेछ । पेजको अन्तिममा जानुहोस् ।
यहाँ ब्लक एप्स, ब्लक
इभेन्ट आदि फेला पार्नुहुनेछ ।
यहाँ क्लिक गर्नुहोस् । अब तपाईले
सोचेअनुसार ब्लक गर्न सक्नुहुनेछ ।
Comments
Post a Comment