हामी यहाँ एन्ड्रोइड स्मार्टफोनका तीन त्यस्ता विशेषताहरुबारे चर्चा तपाईंलाई थाहा नहुन सक्छन् जानी राखाै ।
एन्ड्रोइड स्मार्टफोनमा धेरैखाले फिचरहरु हुन्छन् । तीमध्ये कलिङ, म्युजिक, वेव ब्राउजिङ जस्ता सीमित फिचरहरु मात्रै हामी नियमित प्रयोग गर्ने गर्छौं । कतिपय विशेषताहरुबारे हामीलाई पत्तै हुन्न ।
हामी यहाँ एन्ड्रोइड स्मार्टफोनका तीन त्यस्ता विशेषताहरुबारे चर्चा गर्दैछौं जुन तपाईंलाई थाहा नहुन सक्छन् तर जानिराखे बेलामौकामा काम लाग्छन् ।
१. एन्ड्रोइड फोनबाट टिभी रिमोट
तपाईं आफ्नो स्मार्टफोनलाई टिभी रिमोटको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले एन्ड्रोइड टिभी रिमोट एप आफ्नो गूगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ । यति मात्र होइन, टिभी रिमोटका अलावा एपमार्फत तपाईं आफ्नो फोनलाई एसीको टेम्परेचर कन्ट्रोल, इलेक्ट्रोनिक डोर कन्ट्रोल आदिका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।
२. टाइपबिनै म्यासेज
एन्ड्रोइड स्मार्टफोनबाट कसैलाई म्यासेज पठाउन टाइप गर्नैपर्छ भन्ने छैन । यदि तपाईं टाइप नगरी म्यासेज पठाउन चाहनुहुन्छ भन्ने विलकुल सम्भव छ । तपाईंको एन्ड्रोइटड स्मार्टफोनमा स्पीच-टू-टेक्स्ट र स्वाइप अप्सन हुन्छ जसबाट तपाईं टाइप नगरी म्योज पठाउन सक्नुहुन्छ । स्पीच-टू-टेक्स्टले तपाईंले बोलेको कुरालाई टेक्स्टमा बदलिदिन्छ । यसैगरी स्वाइपिङ किबोर्डमा म्यासेजको पहिलो अक्षरदेखि अन्तिम अक्षरसम्म स्वाइपमार्फत टाइप गर्न सकिन्छ ।
३. मोबाइलले नै म्यासेज पढेर सुनाइदिन्छ
यदि तपाईंलाई आफ्नो मोबाइलमा आएको म्यासेज पढ्न पनि अल्छि लाग्छ भने यसको पनि समाधान छ । मोबाइलले नै म्यासेज पढेर तपाईंलाई सुनाइदिन्छ । यसका लागि सेटिङमा जानुस । Accessibility and TalkBack फिचर खोल्नुस । TalkBack लाई अन गर्नुस् । अब तपाईंको फोनले स्क्रीनमा आएका हरेक म्यासेजलाई पढेर सुनाइदिन्छ ।
Comments
Post a Comment