कम्युटर सम्बन्धी टिप्स
कम्प्युटर भाईरस कुनै जिवित
किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने
कार्य गर्छ । अर्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले
कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी
कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन
। कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस
किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम
मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक
डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन
गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि
निर्देशहरु (Instructions) राखिएको
भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ ।
भाईरसका प्रकारहरु (Types of Virus)
भाईरस बिभिन्न प्रकारका
हुन्छन र हाल सम्म देखा परेका भाईरस्को सँख्या भन्नु निकै गार्हो हुन्छ किनकी
प्रतिदिन यसप्रकारका भाईरसहरुको बिकास भई रहेको पाईन्छ । तापनि यस्ता भाईरसलाई
यसले गर्ने असरको आधारमा समुहगत रुपमा बिभाजन गरेको पाईन्छ ।
क) Time Bomb : निस्चित समयमा कार्य सुरु
गर्ने प्रकारको ।
ख) Trojon Horse : लुकेर कुनै प्रोग्राममा रहने
प्रकृतिको
ग) Worms : कम्प्युटरको कुनै पनि
डाटाहरुलाई नबिगार्ने तर मेमोरिमा गई कम्प्युटरलाई ढिला बनाई दिने प्रकृतिको ।
घ) Boot Sector Infector : कम्प्युटर
स्टोरेज डिवाइस जस्तै : Floppy
Disk, Hard Drive आदिको Boot Sector
( कम्प्युटर खोलिनको लागि चाहिने पहिले डाटा भएको ठाउँ ) मा गई बस्ने र
बिगार्ने प्रकृतिको ।
ङ) File Infector Virus : कुनै पनि फाइल लाई बिगार्ने
प्रकृतिको ।
च) Dos System Infector : Dos अपरेटिङ
सिस्टम फाइलहरुलाई बिगार्ने प्रकृतिको ।
छ) Massage Carrying Virus : कुन्रै
अश्लील कुर वा हास्य सुचना दिने तर कुनै हानी नदिने प्रकृतिको ।
भाईरस प्रतिरोधक (Anti-virus)
सबै भाईरसहरु हानि पुर्याउने
प्रकृतिका नभएपनी कुनै भाईरस निकै हानी पुर्याउने खालका हुन्छन । र यस्तो
प्रकृतिको भाईरसले आक्रमण गरेको खण्डमा हाम्रो कम्प्युटरको डाटा र सँचालन
प्रकृयामा ठुलो क्ष्यति पुर्याउन सक्छ र यस्ता कुनै पनि भाईरसबाट कम्प्युटरलाई
बचाउन Anti-virus प्रोग्रामको
बिकास गरिएको छ । जसरी कुनै मनिसलाई रोगको बिरुद्द भ्याक्सिनको बिकास गरिन्छ
त्यसरिनै कुनै बेला देखा परेका र सँभाबित कम्प्युटर भाईरसको प्रक्रिति अनुरुप Anti-virus सफ्टवयर बनाइएको हुन्छ ।
जस्तै : Virus buster, Norton
Anti-virus, Central Point Anti-virus, MC Caffe's Anti-virus, Clean Virus, Dr
Solomon's Anti-virus Tool Kit, PC chillin आदी ।
भाईरसबाट बच्ने उपाय (Virus Sefety)
१ आफ्नो कम्प्युटरमा
अनिबार्य कुनै एक भरपर्दो Anti-virus
प्रोग्राम राख्ने ।
२ सधैं Anti-virus प्रोग्रामलाई Active राख् ने ।
३ अरु कसैको फ्लपी डिस्क वा CD प्रयोग गर्नु भन्दा पहिले Virus स्क्यान गरेर मात्र प्रयोग
गर्ने ।
४ कम्प्युटर कुनै तरिका बाट
भाईरस द्वारा प्रभाबित भए पूर्ण रुपमा भाईरस नहटाई कम्प्युटर सँचालन नगर्ने ।
५ चोरी भएको सफ्टवयरको
प्रयोग नगर्ने ।
६ भाईरस बाट पूर्ण रुपमा
कहिले पनि बच्न नसकिने हुँदा आफ्नो डाटाहरुलाई कुनै अर्को सुरक्षित राख्ने जसलाई (Backuping of Data ) पनि भनिन्छ ।
७ जो कसैलाई आफ्नो कम्प्युटर
प्रयोग गर्न नदिने ।
८ ईन्टरनेट चलाऊदा जुन पायो
त्यो साईट अथवा भरनपर्दो साईट नखोल्ने ।
भाईरस अपडेटिङ (Updaton of Antivirus)
नयाँ नयाँ कम्प्युटर भाईरसको
उत्पति दिन प्रतिदिन भई राखेको हुन्छ जसले गर्दा पुरानो Anti Virus प्रोग्राम ले सधैं
कम्प्युटरलाई भाईरस बाट सुरक्षा गर्न नसक्ने हुन्छ र साथै Antivirus Software निर्माताहरुले पनि नयाँ नयाँ
बिकास भएका Virus लाई आफ्नो
Antivirus Software मा
समेट्दै गई रहेका हुन्छन जसलाई Virus
Definition Update भनिन्छ । आफ्नो कम्प्युटरलाई बढी भन्दा बढी सुरक्षा
दिन यस्ता नयाँ Virus
Definition लाई आफ्नो Antivirus
Software मा नियमित थप्दै जानु पर्छ । यस्तो Update ईन्टरनेटको सम्भन्धित साईट वा Update CD द्वारा गर्न सकिन्छ ।
कम्तिमा हरेक १५ दिनमा कुनै पनि Antivirus
प्रोग्राम लाई Update
गर्दै रहनु पर्छ नत्र Antivirus प्रोग्राम राख् नुको खासै उद्देस्य पुरा नहुन सक्छ
।
के हो त कम्प्युटर भाइरस ?
तपाई हामीले कम्प्युटर
भाइरसको बारेमा सुनेका छौँ। कैयौँलाई त भाइरसले हैरान पारेको पनि होला। आखिर के हो
त कम्प्युटर भाइरस? यसको
बारेमा केही जानकारी लिउँ । कम्प्युटर भाइरस कुनै जिवित प्राणी वा जिवाणु होइन। यो
एकप्रकारको कम्प्युटर प्रोग्राम (एप्लिकेशन) हो। भाइरस कम्प्युटरमा मात्र चल्छ।
यसप्रकारको भाइरसले मानिसलाई केही गर्दैन। यसले हाम्रो कम्प्युटरमा भएका फाइल र
प्रोगामहरुलाई बिगार्ने, गलत
निर्देशन दिने र खास प्रकारका कामहरु गर्न नदिने आदि गर्छ। भाइरसले के काम गर्ने
भन्नेकुरा भाइरस निर्माताहरुले नै पहिल्यै निर्धारण गरेका हुन्छन्। र भाइरसले
त्यसैअनुरुप हाम्रो कम्प्युटरमा काम गर्छ।
किन बन्छन् त भाइरस?
भाइरस बनाउनुका धेरै कारणहरु
हुनसक्छन् तर पनि धेरैजसो भाइरसहरु निश्चित प्रकारका कम्पनी वा संस्थाहरुको
डाटाबेसलाई बिगार्नको लागि अपराधीहरुले नियोजित रुपमा बनाएका हुन्छन्। यसप्रकारका
भाइरसले कुनै कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएका फाइल र
तथ्यांकहरुलाई बिगारिदिन्छ र ती फाइलहरु पुनः पहिलेको अवस्थामा ल्याउनको लागि
भाइरस निर्माताहरुले गैरकानूनी रुपमा मागहरु राख्छन्। त्यसबाहेकाफ्टवेयर
निर्माताहरुबीचमै पनि एकअर्काको सफ्टवेयर बिगार्नको लागि भाइरस बनाइन्छन्।
यसप्रकारका अस्वस्थ प्रतिस्पर्धाको चपेटामा पनि साधारण प्रयोग कर्ताहरु परेका
हुन्छन्। त्यसबाहेक सफ्टवेयर विकासकर्ताहरुले निश्चित प्रकारको सफ्टवेयर बनाउने
क्रममै गल्तीवश पनि भाइरस बन्न पुग्छन्।
भाइरसले कसरी काम गर्छ त?
साधारणतया हामीले प्रयोग
गर्ने सफ्टवेयरहरु (वर्ड, एक्सेल, फोटोसप, गेमहरु )ले हामीले निर्देशन
नदिँदासम्म काम गर्दैनन्। तर भाइरसको लागि हाम्रो निर्देशन आवश्यक पर्दैन। भाइरसले
के काम गर्ने भन्ने कुरा भाइरस निर्माताले पहिले नै निर्धारण गरेका हुन्छन्।
भाइरसले पनि हाम्रो कम्प्युटरमा खुल्नेबित्तिकै निर्माताकै निर्देशन बमोजिम काम
गर्न थाल्छन्। धेरैजसो भाइरसहरुले कुनैपनि कम्प्युटरमा खुल्ने बित्तिकै आफ्ना धेरै
प्रतिलिपी (कपी) बनाउँछ र हामीले जतिपनि हार्ड ड्राइभको भागहरु (सी,डी,ई) फ्लपि, पेन ड्राइभ खोल्छौ ती सबैमा
गएर बस्छ। र त्यहीँबाट हामीलाई काम गर्दा बाधा पुर्याउने, निर्देशन दिएभन्दा बाहेकका र
गलत काम गर्ने गरेर हैरान पार्छ। भाइरसले कतिपय प्रोग्रामहरु खुल्न नदिने समेत
गर्छ।
भाइरसबाट कसरी बच्ने त?
हामीले भाइरसबाट सुरक्षित
रहनको लागि केही सुरक्षाका विधिहरु अपनाउनु पर्छ। तपाईलाई पनि भाइरसले हैरान
पारेको छ वा भाइरसको जोखिम छ भने तलका उपायहरु अपनाउनाले पनि केही हदसम्म सुरक्षित
रहन सकिन्छ।
१. कम्प्युटरमा जहिले पनि
राम्रो एण्टी भाइरस प्रोग्राम (नर्टन, म्याकएफी, एभिजी, पिसि सिलिन, नड ३२) राख्नुहोस्। र त्यसलाई
निरन्तर रुपमा अपडेट गरि राख्नुहोस्।
२. फ्लपी, पेन ड्राइभ, सीडी प्रयोग गर्दा
खोल्नुभन्दा पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रयोग गर्नुहोस्।
३. इन्टरनेट प्रयोग गर्दा
विज्ञापनको आधारमा जुनपायो त्यही ठाउँमा क्लिक नगर्नुहोस्।
४. सफ्टवेयर डाउनलोड सकेसम्म
नगर्नुहोस् यदी तपाई राम्रोसंग बुझेर डाउनलोड गर्दै हुनुहुन्छ भने विश्वस्त
साइटबाट मात्र गर्नुहोस्। डाउनलोड सकिएपछि पहिले स्क्यान गर्नुहोस् अनिमात्र
प्रोग्राम रन गर्नुहोस्।
५. स्क्रिनसेभर एनिमेटेड
वालपेपर जस्ता सफ्टवेयर डाउनलोड गर्दा विशेष ध्यान पुर्याउनुहोस् किनकी धेरैजसो
भाइरस सर्ने भनेकै यस्तै सफ्टवेयरबाट हो।
६. नचिनेको व्यक्तिको इमेलमा
एट्याचमेन्ट छ भने डाउनलोड गर्दा विशेष सतर्कता अपनाउनुहोस्।
७. इमेल इनबक्समा आफ्नो
परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने (From Field) मा पूरै ठेगाना आएको छ भने त्यो इमेलमा भाइरस
हुनसक्छ। त्यस्तो इमेलमा केही छैन भनेपनि त्यसलाई रिप्लाई नगर्नुहोस् बरु सिधै
हटाइदिनुहोस्।
८. धेरैजसो भाइरस विन्डोजलाई
लक्षित गरि बनाइएकाले जान्ने भएमा लिनक्स सञ्चालन प्रणाली चलाउनु सबैभन्दा उत्तम
उपाय हो ।
कम्प्युटर भाइरस
कम्प्युटर भाइरस भन्नाले
त्यस्ता कम्प्युटर प्रोग्रामहरूलाई जनाउँछ, जुन एक बाट अर्को कम्प्युटरमा सर्ने तथा कम्प्युटरमा खराब प्रकारका
कार्यहरू गर्ने गर्दछ। भाइरसहरू कम्प्युटरमा फाइल तथा डेटाहरू बिगार्ने देखि लिएर
पुरै हार्ड डिस्क नै बिगार्ने पनि हुने गर्दछन्। भाइरसहरू विशेषत इमेलको माध्यमबाट
सर्ने भए तापनि अचेल पेन ड्राइभबाट सर्ने भाइरस पनि निकै ठूलो मात्रामा देखिएको छ।
भाइरस लागेमा निम्न
लक्षणहरू कम्प्युटरमा देखा पर्ने गर्दछ।
१. कम्प्युटर एकदमै ढिलो
हुने गर्दछ।
२. कम्प्युटर अड्केको
जस्तो हुने
३. कम्प्युटर बारम्बार
क्र्र्यास हुने, तथा
आफै रिस्टार्ट भैरहने
४. कम्प्युटरमा रहेका
प्रोग्रामहरूले पहिले जस्तो काम नगर्ने
५. पहिले देखाइ रहेका
डिस्कहरू नदेखाउनु
६. मेनुहरु बिग्रिएका
अवस्थामा हुनु
७. एन्टिभाइरस
प्रोग्रामहरू बन्द अवस्थामा रहनु
८. डेस्कटपमा नयाँ icon हरू आफैं देखा पर्नु
९. स्पिकरबाट त्यसै आवाज
आउनु
१०. हालेका प्रोग्रामहरू
आफैं हराउनु
भाइरसद्वारा विभिन्न
तरिकाले बच्न सकिन्छ।
हामी सबैले प्रयोग गर्ने
विन्डोजलाई निकै नै असुरक्षित प्रणाली मानिन्छ। TweakHound नामक संस्थाले गरेको एक सर्वेक्षण अनुसार, यदि इन्टरनेट जोडिएको छ
भने विन्डोजमा औसत २७ मिनेट भित्रमा भाइरस लागि सक्छ। यदि तपाइ भाइरसद्वारा निकै
नै पिडित हुनुहुन्छ भने विन्डोजको सट्टामा लिनक्स, FreeBSD जस्ता Unix मा आधारित सञ्चालन प्रणाली प्रयोग गर्न सक्नु
हुन्छ। लिनक्सजस्ता अपरेटिङ सिस्टमको प्रयोगद्वारा भाइरसबाट पुर्णरुपमा मुक्ति
पाउनुका साथै ह्याक हुने जस्ता समस्याबाट पनि बच्न सकिन्छ।
विन्डोजमा जस्तै हामी
सबैले प्रयोग गर्ने Internet
Explorer एक निकै नै असुरक्षित सफ्टवेयरको श्रेणीमा पर्ने गर्दछ। यदि तपाई
कम्प्युटर इन्टरनेट चलाउन प्रयोग गर्नु हुन्छ भने, Internet Explorer को सट्टामा Mozilla Firefox नामक इन्टरनेट ब्राउजरको
प्रयोग गर्नु उचित हुन्छ। यस Mozilla
Firefox निकै नै सुरक्षित भएका कारण इन्टरनेटबाट सर्ने भाइरसबाट धेरै
मात्रामा बच्न सकिन्छ।
यस भन्दा बाहेक भाइरसबाट
बच्ने सबै भन्दा राम्रो उपाय एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नु नै हो। यसरी
एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्दा बेला बेलामा update गर्न चाहि बिर्सनु हुँदैन। तर पुलिस भन्दा चोर
बाठो भनेझै भाइरसहरू एन्टिभाइरस सफ्टवेयर भन्दा निकै नै बाठो हुने गरेको पाइएको छ।
त्यस कारण भाइरसबाट बच्न का लागि आफू पनि सतर्क रहनु जरुरी हुन्छ।
इमेलमा आएका कुराहरूमा
फोटोहरू बाहेक अन्य नखोल्न नै उचित हुन्छ। यदि नचिनेको व्यक्तिबाट आएको इमेल हो र
त्यसमा Attachment छ भने, त्यस्ता इमेल नखोल्न नै
राम्रो हुन्छ।
त्यस्तै इन्टरनेटबाट
जथाभाबी रुपमा सफ्टवेयरहरू डाउनलोड गरेर चलाइ रहनु पनि हुँदैन। यदि तपाइ
माइक्रोसफ्ट वोर्ड चलाउनु हुन्छ भने त्यसमा Macro Virus Protection लाई enable गर्नु राम्रो हुन्छ।
अचेल पेनड्राइभबाट सर्ने
भाइरस पनि निकै ठूलो मात्रामा देखा परेको छ। यस किसिमका भाइरसहरू विन्डोजको अटो-रन
द्वारा सर्ने गर्दछन्। अटो-रनका माध्यमद्वारा विन्डोजमा CDROM तथा पेनड्राइभ
कम्प्युटरमा हाल्ने बित्तिकै त्यसमा भएका प्रोग्रामहरू आफैं चल्ने गर्दछन्। यसरी
तपाईँको पेनड्राइभमा भाइरस छ भने अर्को कम्प्युटरमा हाल्ने बित्तिकै अटो-रनको
माध्यमद्वारा उक्त भाइरस प्रोग्राम आफैं रन हुने गर्दछ र त्यस कम्प्युटरमा पनि
भाइरस लाग्ने गर्दछ। त्यस्तै कम्प्युटरमा त्यस किसिमको भाइरस लागेको छ भने
पेनड्राइभ हाल्ने बित्तिकै भाइरसले उक्त पेनड्राइभमा पनि भाइरस हाली अटो-रनद्वारा
चल्ने बनाउने गर्दछन्। अचेल सबैले पेनड्राइभ चलाउने भएकाले यस्ता किसिमका भाइरसहरु
निकै ठूलो मात्रामा देखा परेको हो।
यस्ता भाइरसद्वारा बच्नका
लागि आफ्नो कम्प्युटरमा अटोरन बन्द गर्नु सबै भन्दा उपयुक्त हुने गर्दछ्। यदि तपाइ
विन्डोज XP चलाउनु
हुन्छ भने अटोरन बन्द गर्न निम्न प्रक्रिया अपनाउनु होस्।
कम्प्युटरमा Start मा गइ Run क्लिक गर्नुस
Run को विन्डो देखापर्छ, त्यहा gpedit.msc टाइप गरि इन्टर गर्नु
होस्
यस पछि एउटा प्रोग्राम
खुल्छ, त्यहाँ
Computer Configuration मा गई Administrative Templates मा
क्लिक गर्नुस। त्यस पछि System
मा क्लिक गरि Turn
off Autoplay लाई डबल क्लिक गर्नुहोस्।
यति गरिसकेपछि तपाईँको
कम्प्युटरमा अटोरन बन्द हुने गर्दछ र पेनड्राइभ हाल्दैमा भाइरस सरिहाल्दैन।
तर यदि तपाई अरु कसैको
कम्प्युटरमा पेनड्राइभ हाल्दै हुनुहुन्छ भने भाइरस सर्नुबाट कसरी बच्ने त? यसको लागि सबैभन्दा सरल
उपाय, पेनड्राइभ हाल्नु भन्दा
पहिले देखि पेनड्राइभ हालेको केहि बेर सम्म Shift थिचिराख्नुस। यसरी Shift थिच्दा पेनड्राइभको अटोरन
Shift थिचुन्जेल बन्द हुने
गर्दछ। अब पेनड्राभ खोल्दा पेनड्राइभको icon लाइ डबलक्लिक नगरी Right-click गरि Explore गर्ने गर्नुहोस्।
त्यसतै गरि अचेल
विन्डोजको फोल्डर जस्तै icon
भएको तथा जुन folder
मा हो त्यसकै नाम भएको भाइरस प्रोग्रामहरू पनि धेरै मात्रामा देखा
परेको छ। धेरै कम्प्युटर प्रयोगकर्ताहरु यस्ता प्रोग्रामहरूलाई folder भनी double click गर्ने गर्दछन, जसले गर्दा भाइरस run हुने गर्दछ। यस्ता
भाइरसहरुद्वारा सतर्क रहन तथा अन्जानमै double click गर्नबाट जोगिन निम्न तरिका अपनाउन सकिन्छ।
Windows Explorer मा जानुहोस
मेनुको View को Arrange Icons By मा Show in Groups छान्नुहोस
त्यस्तै सोही मेनुमा By type पनि छान्नुहोस
यति गरिसकेपछि तपाइको
कम्प्युटरमा फाइलहरु प्रकारका आधारमा मिलेर आउछन्। साच्चिकैका फोल्डरहरु एक ठाउमा
हुन्छन भने फोल्डर जस्तै देखिने भाइरसहरु अर्को ठाउमा। र तपाई भाइरसको फाइललाई
अन्जानमै double click गर्नबाट
जोगिन सक्नुहुन्छ। यो सेटिङलाई राखिराख्न Tools मेनुको folder Option मा गइ View मा Apply to All Folders भन्ने बटन क्लिक गर्नुस्।
कम्प्युटरमा सुरक्षाको
जतिसुकै तरिका अपनाएपनि शतप्रतिशत सुरक्षित हुन सकिन्न। अहिलेसम्म कम्प्युटरको
हार्डवेयरलाई बिगार्ने भाइरसको बिकास भएको छैन, त्यसैले भाइरसद्वारा बचाउनु पर्ने सबैभन्दा महत्वपुर्ण कुरा भनेकै
आफ्नो फाइल तथा डेटाहरु हुन। त्यसैले आफ्ना फाइल तथा डेटाहरु लाई बेलाबेलामा Backup गर्नु नै उचित हुन्छ।
त्यस्तै राम्रो खालको एन्टिभाइरस सफ्टबेयरको प्रयोग गर्न र सधै सतर्क रहिरहन पनि
बिर्सन हुदैन।
आफ्नो Windows Xp लाई फास्ट Run गराउने केही उपयोगी
टिप्सहरु
तरिका नम्बर १
@
My Computer मा
Right Click गर्नुहोस् र properties मा जानुहोस् ।
@
Advanced Tab भित्रको
Performance सेक्सन भित्रको seetings मा क्लिक गर्नुहोस् ।
@
Performance Dialog Box भित्र “Adjust for best
performance” नामको
रेडियो बटन Checkbox मा Tick
लगाउनुहोस्
।
@ ओके गर्नुहोस्, तपाईंले Rusult
immediately हेर्नु
हुनेछ ।
तरिका नम्बर २
विन्डोज Performance फास्ट गराउने यो तरिकामा तपाईंको कम्प्युटर स्टार्ट हुँदा खेरी
तपाईंलाई थाहा नै नभई automatically run हुने प्रोग्रामहरु
बन्द गर्नु हो । यस्ता धेरै application हरु computer स्टार्ट हुँदा Background
(Sys Tray) मा
Run भई राखेका हुन्छन जुन तपाईंले स्क्रीनको
तल दाँया तिर Clock सँगै देख्न सक्नु हुन्छ । तपाईंले यस्ता
आवश्यक नपर्ने Application हरु Close गर्नु भई आफ्नो Windows
XP को
Performance छिटो गराउन सक्नु हुन्छ । यसको लागि
@
Start अनी
Run मा क्लिक गर्नुहोस् ।
@ त्यहा msconfig टाईप गर्नुहोस् र ओके अथवा Enter गर्नुहोस्
। System Configuration utility window खुल्नेछ ।
@
Startup Tab मा
क्लिक गर्नुहोस् ।
@ अब त्यहा आफुले
कम्प्युटर स्टार्ट हुँदा शुरु नहोस् भन्ने चाहने Application हरुमा Uncheck गर्नुहोस् ।
@ ओके गर्नुहोस् , तपाईंको काम लगभग सकियो ।
@ त्यहा एउटा Dialog बक्स देखा पर्नेछ ,
Restart वा
Exit without restart छान्नुहोस् ।
@ जब तपाईंले restart गर्नु हुनेछ यो मेसेज देखा पर्नेछ ।
@
Don't show this message मा चेक लगाएर ओके गर्नुहोस् ।
तरिका नम्बर ३
स्टेप १
आफ्नो कम्प्युटरको Virtual Memory Increasing गरेर पनि windows XP लाई फास्ट गराइराख्न सक्नु हुन्छ । Hard Disk को Paging File एरियालाई Virtual Ram को रुपमा use गर्न सकिन्छ त्यसको लागि
@
My Computer मा
Right Click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस् ।
@ अब यो location सम्म जानुहोस्
Advanced
> Performance > Settings > Advanced > Virtual Memory > Change
@ तपाईंको कम्प्युटरको Virtual Memory सेक्सन खुल्यो , अब Idea लगाउने कुरा यो हो कि
windows XP को pagefile
लाई
Drive C बाट अरु Drive मा
Shift गर्ने हो ।
यसको लागि
@
Drive C को
Pagefile लाई हटाउने र अरु Partition गरिएको Drive मा Shift गर्ने
@ अरु कुनै Drive लाई छान्ने र Costam चेक बक्समा टिक लगाएर
तपाईंले pagefile मा दिन चाहनु भएको Space Amount टाईप गर्ने ।
स्टेप २
कम्प्युटरको Welcome Music र अरु Alert Sound हरु सबै हटाउने
तपाईंले विश्वाश गर्नुहोस् या
नगर्नुहोस् तपाईंको कम्प्युटरको धेरै भन्दा धेरै Momory "Alert Sound" हरुले खाइरहेको हुन्छ । र यदि तपाईंलाई
आवश्यकता छैन भने Welcome Music र अरु Alert Sound हरुलाई disable गरेर
आफ्नो कम्प्युटरको Memory लाई बचाउन सक्नु
हुन्छ । त्यसको लागि
@
Start मा
क्लिक गन्रुहोस् र Control Pannel मा जानुहोस् ।
@
Sounds and Audio Devices मा Double क्लिक गर्नुहोस् ।
@
Sounds Tab भित्र
जानुहोस् र Sound Scheme मा No Sound छानेर ओके गर्नुहोस् ।
स्टेप ३
Network
folder/printer automatic search लाई Disable गर्ने ।
तपाईंको कम्प्युटरमा network places / folders /printer छ भने अबस्य पनि
तपाईंको कम्प्युटरको धेरै मेमोरी यि फोल्डरहरु network palaces वा Printer सम्म पुग्न Search गर्दै खर्च भई राखेको हुन्छ । यदि तपाईंको कम्प्युटरमा network connection वा printer
छैन
भने राम्रो Idia यो option
लाई
Disable गरी दिने हुन्छ । यसको लागि
@
My Computer मा
Right Click गर्नुहोस् , Tools > Folder Option > View Tab मा क्लिक गर्नुहोस् ।
@
"Automatically Search for network folders and printer" भन्नेको CheckBox मा Uncheck गरी दिनुहोस् र ओके
गर्नुहोस् ।
प्रविधिको जन्म कहिले
र जन्मदाता को ?
तपाईंलाई थाहा छ ? हामीले अहिले प्रयोग गर्ने मोवाइलको सुरुवात कहिले भएको थियो ।
छैन भने जानिराख्नुस् मोवाइलको सुरुवात १७ अक्टुवर १९७३ मा भएको थियो ।
यो हिसावले मावाइलको उमेर ३६ वर्ष
भैसकेको छ, यही मोवाइलका जननी Martin Cooper थिए । हुन त मोवाइल जस्तै wireless telephone को विकास भने 1908 मै भएको हो । त्यस पछि धेरै नै प्रचलित भएको भनेको 1960 तिर Automatic car
phone हो
जुन 40kg को तर पनि अहिले प्रयोग गरर्ने mobile फरक नै थियो ।
Mouse
कम्युटरको अभिन्न अंग ‘माउस’को जन्म ४० वर्ष अघि
भएको थियो । १९६८ मा पहिलोपटक Douglas
Engelbart ले
माउसको प्रयोग गरेका थिए ।
Internet
इन्टरनेटको जन्म ४० वर्ष अघि भएको हो ।
युनिभर्सिटी अफ क्यालिफोर्नियामा २ सितम्वर १९६९ पहिलोपटक प्रयोगमा ल्याइएको थियो
। धैरैले यसको फादर भनेर Vint Cerf लाइ चिन्छन ।
Blogging
Blogging
दश
वर्ष पुरानो हो, १ अप्रिल १९९७ मा अमेरिकी वेब गुरु Dave Winer ले पहिलोपटक व्लगिंग सुरु गरेका थिए, उन्ले स्क्रिप्टिङ न्युजमा व्लग लेखेका थिए ।
Walkman
संगित सुन्न व्यापक प्रयोग गरिने
वाकम्यानको उमेर ३० वर्ष मात्र भएको छ । यसको पहिलो प्रयोग १ जुलाई १९७९ मा गरिएको
थियो । यो जापानमा बाट सुरू भएको पाइन्छ तर त्यस भन्दा पहिले 1978 मा audio division
engineer Nobutoshi Kihara जो soney कम्पनी को co-chairman थिय उनले यात्रामा जादा opera सुन्न सकुन भनेर sony ले protable audio cassette को विकास गरेको थियो ।
अचम्म !! Sex पर्फमेन्स पनि जाँच्न मिल्ने
Sex
को
समयमा आफ्नो पर्फमेन्स कस्तो भयो भन्ने खुल्दुली सबैलाई हुने गर्छ । यसैगरी
धेरैलाई आफू कस्तो सेक्स पार्टनर हुँ भनेर जान्ने चाहना हुन्छ । आफ्नो खुल्दुली
मेटाउँदै क्षमता जाँच्न चाहनुहुन्छ भने ल्याउनुस् एप्पलको आइफोन । आइफोनमा एउटा
एस्तो एप्लिकेसन राखिएको छ, जसले सेक्सको समयमा
तपाईंको पर्फमेन्सलाई रेटिङ गर्छ । प्यासन नामक सो एप्लिकेसनले सेक्सपछि तपार्इंको
पर्फमेन्सलाई अंकमा प्रस्तुत गर्छ ।
जाच्ने तरीका
सेक्स गर्दाको समयमा आइफोनलाई वरिपरि
कतै राखिदिनुस् । शरीरमा नै राख्नुभयो भने नतिजा वास्तविक हुने कम्पनीको दाबी छ ।
सहवास सुरु गरेपछि फोनमा रहेको प्यासन एप्लिकेसन अन गर्नुस् । अन भएपछि यसमा भएको
एक्सेलोमिटरले तपार्इंको सक्रियता जाँच्न थाल्छ ।
तपाईंको पर्फमेन्स रेटिङ गर्ने आधार
तीनवटा छन् । पहिलो तपार्इंको चिच्याहट, दोस्रो व्यतीत गरेको
समय र तेस्रो गति । गतिले सहवास समयमा भएको मुभमेन्ट देखाउँछ ।
सहवास सकिएपछि स्टप बटन क्लिक गर्नुस्, अनि हेनुस् नतिजा । सेक्स मिटरमा उच्च स्कोर १० छ । तपार्इंले
आफ्नो पर्फमेन्सको आधारमा एकदेखि १० को बीचमा अंक प्राप्त गर्नुहुनेछ । हरेक
प्वाइन्टमा तपार्इंको पर्फमेन्स कस्तो भयो भन्ने खालको कमेन्ट पनि पढ्न सक्नुहुनेछ
।
आफ्नो पर्फमेन्सप्रति सन्तुष्ट हुनुभएन
भने तपार्इंले पुनः प्रयास गर्न सक्नुहुनेछ । आइफोनमा भएको प्यासन अन गर्नुस्, पुनः सहवासतर्फ अघि बढ्नुस् र स्कोर बढाउनुहोस् । आफ्नो
स्कोरलाई अनलाइन लिडरबोर्डमार्फत अपलोड गरी अन्यसँग तुलना गरेर हेर्न सक्नुहुन्छ ।
कसरी पाउने प्यासन ?
आफ्नो आइफोनमा प्यासन राख्न एप्पलको
एप्लिकेसन स्टोरमा गएर डाउनलोड गर्नुहोस् । एप्पलले प्यासन ५ डलरमा बिक्री
गरिरहेको छ ।

।
तपाईंलाई नचाहिने online एकाउन्ट कसरी Delete गर्ने ?
यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा
social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले
त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ
भने यहाँ delete गर्ने केही tips दिने कोशीस गरिएको छ ।
Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४
महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated
हुनेछ
त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न
छाडिदिनुहोस् । दोश्रो बाटो delete गर्न चाहनु भएको
एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password
re-enter गर्नु
पर्ने हुन्छ ।
Hotmail
ं Hotmail
page को
Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )
ं Help
sereen को
"keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
ं "Close Account" link मा क्लिक गर्नुहोस् ।
ं "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।
ं त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त
बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।
facebook
Facebook
ले
२ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने ।
तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook
अकाउन्ट
, profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै
त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active
गर्न
सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently
डिलिट
गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।
अकाउन्ट deactivate गर्ने तरिका :
ं Facebook
logon गरी
सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
ं त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
ं अकाउन्ट permanently डिलिट गर्ने तरिका :
ं Facebook
logon गरिसके
पछी Help tab मा क्लिक गर्नुहोस् ।
ं त्यहा "delete account" सर्च गर्नुहोस् ।
ं "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका
२ paragraphs लाई पढ्नुहोस् ।
ं last
paragraph को
लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको
छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक
गर्नुहोस् ।
MySpace
MySpace
अकाउन्ट
डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।
ं अकाउन्ट logon गरिसके पछि दाँया corner
को
माथि "My Account" मा क्लिक गर्नुहोस् ।
ं "Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं "Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु
भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।
MSN
MSN
अकाउन्ट
डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ ।
तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।
@ ३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive
हुनेछ
र ९० दिन पछि अकाउन्ट डिलिट ।
@
Manually अकाउन्ट
डिलिट गर्ने तरिका :
ं Hotmail
पेजको
माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।
ं Menu
option को
"View Your Account" मा क्लिक गर्नुहोस् ।
ं त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
ं information
पढ्नुहोस्
,identity verify को लागि आफ्नो password enter गर्नुहोस् र "Yes" बटनमा क्लिक गर्नुहोस् ।
"जब कुनै नयाँ कुराको
शुरु हुन्छ , कालान्तरमा त्यसको अन्त्य पनि निश्चित छ
"
कम्प्युटर समस्या र समाधान
अब फेरी केही कम्प्युटर सम्बन्धी कुरा
गरौ । हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो
समस्याहरु समाधान गर्ने उपाय बारे केही लेखन गई रहेको छु , आशा छ तपाईंहरुलाई यो अबस्य पनि लाभदायक हुनेछ ।
१. Hidden
फाइल
नदेखिनु
कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले
पछि " Show Hidden file and folder
" ( Tools > Folder Options > View Menu > Hidden files and folders
) गर्दा
पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।
यो समस्या समाधान गर्न
१ Start
> Run र
Regedit टाईप गरेर Enter गर्नुस् ।
२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
३ CheckedValue
कि
मा Double क्लिक गर्नुस्
४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।
बस तपाईंको काम सकियो ।
२. Drive
लाई
डबल क्लिक गर्दा New Window मा खोलिनु
कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न
खोज्दा उक्त Drive त्यही window मा
नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन
किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु
भएको भए अर्कै कुरा ..
किन Drive नयाँ
window मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या
आएर नै हो
यसलाई समाधान गर्ने तरिका
पहिलो उपाय :
१ Start
> Run > र
यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
२ ok
गर्नुस्
।
३ तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServer
and DllInstall in shell32.dll succeeded
४ बस तपाईंको समस्या अब समाधान भयो
दोस्रो उपाय :
१ Start
> Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।
२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्
३ Default
key लाई
double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्
५ Default
key लाई
double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
६ ok
गर्नुस्
।
तेस्रो उपाय :
यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न
सक्नु हुन्छ ।
१ Start
> Run > र
यो टाईप गर्नुस् reg add hkcr\drive\shell
/ve /d none /f
२ ok
गर्नुस्
।
आशा छ यि तीन उपाय तपाईंको लागि समाधान
हुन सक्छ ।
३. आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable
गरेर
जोगाउने तरिका
धेरै Virus हरु
कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा
pendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay
enable window को
difault set भएर पनि हो ।
Autorun
लाई
Disable गर्ने तरिका :
१ Start
> Run > regedit टाईप गर्नुस् र ओके
२ अब HKEY_CURRENT_USER\Software\
Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्
३ NoDriveAutorun
मा
double क्लिक गर्नुस् र Hexadecimal मा Value
"FF" वा
Decimal मा Value
255
टाईप गर्नुस् ।
Note:
यदी
त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने
दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्
५ Registry
window लाई
exit गर्नुस् र कम्प्युटर लाई restart गर्नुस्
यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD
लाई
Autorun हुन बाट रोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन
बाट जोगाउन सक्नु हुन्छ ।
४. "Show Desktop" Icon लाई कसरी Restore गर्ने ?
कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal
icon रहेछ
भने के गर्नु हुन्छ ?
ShowDesktop
Icon अरु
Icon हरु भन्दा फरक हुन्छ र सामान्यतया यो Icon लाई फेरी Restore गर्न सकिदैन । यस्तो
अवस्थामा तपाईंले यो तरिका अपनाउन सक्नु हुन्छ ।
१ Notepad
लाई
खोल्नुस् र तल लेखिएको code लाई कपि गरेर paste गर्नुस् ।
[Shell]
Command=2
IconFile=explorer.exe,3
[Taskbar]
Command=ToggleDesktop
२ अब फाइलको नाम ShowDesktop.scf राखी यो location मा
लगेर save गरिदिनुस् ..
C:\Document
and Settings\Username\Application Data\Microsoft\Internet Explorer\Quick Launch
३ कम्प्युटरलाई restart गर्नुस् ।
तपाईंको कम्प्युटरको सुरक्षाको लागि १० Tips हरु [Top 10 Cyber Security Tips]
१) सधैं "anti-virus software" को प्रयोग गर्नुस् र यसलाई सधैं Up to Date गर्नुस् ।
"तपाईं यो सुनिस्चित
गर्नुस् कि तपाईं सँग राम्रो anti-virus
software छ
र यस्ले तपाईंको कम्प्युटरलाई virus बिरुद्द सुरक्षा गर्छ
। उक्त anti-virus Software लाई सधैं Up to Date राख् ने गर्नुस् । Virus
दैनिक
जसो फरक फरक बन्दै जान्छन त्यसैले तपाईंले आफ्नो anti-virus software लाई Up Date गरी राख् नु जरुरी छ
। जति धेरै तपाईंले यसलाई Up to Date राख् नु हुन्छ त्यती
राम्रो , नभए हप्ता को १ पल्ट अबस्य Up to Date गर्नुस् ।"
२) आफ्नो e-mail मा आएका mail हरुलाई नहेरी नबुझी
झत्तै कहिले पनि नखोल्नुस् । शँका लागेका mail
हरु
कहिले पनि नखोल्नुस् Even तपाईंले चिनेको
मान्छेले पठाएको भए पनि...
"
यो
एउटा साधारण नियम नै हो कि यदि तपाईं कसैलाई चिन्नु हुन्न भने त्यो मान्छेले
पठाएको mail खोल्नु तपाईंलाई जरुरी छैन र त्यो mail सँग जोडीएको कुनै Attachment
पनि
। यदि तपाईंलाई शँका लागेका यस्ता कुनै mail
आएको
छ भने त्यसलाई Delete गरी दिनु नै राम्रो
हुन्छ न कि के हो एक चोटि खोली हेरु भनी खोल्नु । यदि तपाईंलाई खोल्नु नै छ भने
पनि पहिला त्यो फाइललाई कम्प्युटरमा Save गर्नुस् र आफ्नो Anti-virus Software ले virus
check गरेर
मात्र खोल्नुस् तर यो पनि तपाईंको कम्प्युटरको लागि risk हुन सक्छ । साथै तपाईंलाई एउटै message एउटै
नाम बाट धेरै आएको छ भने पनि तपाइ साबधान हुनुस् ।"
३) आफ्नो कम्प्युटरमा तपाईंले नचाहेर
प्रवेस गर्नेलाई रोक्ने सुरक्षित ईन्टरनेट Firewalls
लाई
activate गर्नुस् ।
"
तपाईंको
कम्प्युटरमा भएको Firewalls system लाई active राख् नुस् । यसले तपाईंको कम्प्युटर र बाँकी दुनियाँको बिच
सुरक्षा पर्खालको काम गर्छ । यसले तपाईंको कम्प्युटरको software र Hardware को एकै चोटि रक्षा
गर्ने काम गर्छ । यसले तुलनात्मक रुपमा अनधाक्रित र खराब Data हरु बिरुद्द सुरक्षाको दिन्छ ।"
४) सके सम्म guess गर्न गार्हो Password को प्रयोग गर्नुस् ।
"
जस्तै
capital letter र small
latter को
mix , कुनै symbol को
बिचमा प्रयोग अनि अंक को प्रयोग । र यो पनि नभुल्नुस् कि तपाईंको password कमसे काम ८ ओटा भन्दा कम नहोस् , आफ्नो
password लाई regularly change गरी राख् नुस् at least
९०
दिन भित्रमा र आफ्नो password कसै सँग पनि Share नगर्नुस् ।"
५) आफ्नो कम्प्युटरको महत्वपूर्ण Data हरुलाई Backup को रुपमा CD मा राख् ने गर्नुस् ।
"
अनुभव
प्राप्त कम्प्युटर अपरेटरले सधैं आफ्नो महत्वपूर्ण Data हरुलाई
Backup को रुपमा Disk वा CD हरुमा राखेका हुन्छन
। यस्तो गर्ने बानिले तपाईंले कहिले काही आफ्नो कम्प्युटरका Data हरु loss भएको खण्डमा धेरै काम
दिन सक्छ । तपाईंको कम्प्युटरका Data हरु कुनै बेला पनि Damage हुन सक्छ त्यसैले बेलामै तयार रहनुस् ।"
६) आफ्नो कम्प्युटरलाई कहिले पनि Sharing नगर्नुस्
"
तपाईंको
कम्प्युटरलाई अरु कम्प्युटर सँग network वा Internet बाट sharing नगर्नुस् , यसबाट पनि तपाईंको कम्प्युटरमा virus सर्न
सक्ने धेरै Chance हुन्छ त्यसैले जरुरी नभए सम्म sharing mode लाई Turn Off नै
राख् नुस् । आफ्नो operating system लाई check गर्नुस् कि कसरी यसलाई disible
गर्न
सकिन्छ र कहिले पनि कुनै अपरिचित सँग आफ्नो कम्प्युटर लाई share नगर्नुस् ।"
७) Internet
connection लाई
disconnect गर्नुस् यदि use भएको छैन भने
"
यो
याद राख्नुस् कि Digital Highway को २ वटा बाटो हुन्छ , तपाईंले कुनै Data पठाउनु हुन्छ र पाउनु
हुन्छ , जहिले पनि Sent र Receive को नियम लागु हुन्छ ।
यदि तपाईं online मा हुनु हुन्छ र तपाईं सँग Anti-virus सफ्टवेर छैन र Firewalls
पनि
active छैन भने अरु कुनै दोस्रो मान्छेले
तपाईंको कम्प्युटरमा virus infect गर्न सक्छ । त्यसैले
यदि तपाईंलाई आवश्यकता छैन भने Internet
connection लाई
Disconnect गर्नुस् ।"
८) आफ्नो कम्प्युटरको security system लाई बेला बेलामा check गरी राख् नुस् ।
"
प्रोग्राम
र opereting system को धेरै महत्वपूर्ण Value छ तपाईंको life सजिलो गराउनमा तर
तपाईंलाई टाढा रहनु छ hackers र viruses सँग र यिनिहरुले तपाईंको यि नै महत्वपूर्ण अङमा आक्रमण गर्न्छन
। त्यसैले तपाईं सधैं चनाखो रहनु जरुरी छ ।"
९) ईन्टरनेटमा जे पायो त्यही फाइलहरु download नगरनुस् ।
"
तपाइलाई
यो थाहा हुनु जरुरी छ कि ईन्टरनेटमा राम्रो मात्र हैन तपाईंको कम्प्युटरलाई
बिगार्ने धेरै नराम्रो फाइलहरु पनि पाईन्छन । त्यसैले ईन्टरनेट बाट फाइलहरु download गर्दा धेरै ध्यान दिनु पर्छ । तपाईंलाई शँका लागेका वा
अनावश्यक फाइलहरु सके सम्म download नगर्नु नै राम्रो
।"
१०) आफ्नो घरको परिवार वा जस्ले तपाईंको
कम्प्युटर चलाऊछ उनिहरुलाई पनि थाहा हुनु पर्छ कि के गर्नु पर्छ virus बिरुद्द सुरक्षा गर्नको लागि
"
यो
एकदम महत्वपूर्ण कुरा हो कि कम्प्युटर चलाऊने सबैले कम्प्युटरको सुरक्षाको बारेमा
पनि जान्नु जरुरी छ । उनिहरुलाई थाहा हुनु पर्छ कि कसरी anti-virus Software लाई Update गर्ने
कसरी Password ले सुरक्षा गर्ने आदी आदी ।"
तपाईंको कम्प्युटरको Speed बढाउने १० Tips हरु
१ सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै
कुनै पनि Application चाँड चांडै नखोल्नुस्
, पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।
२ कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको
कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३ आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि
गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४ आफ्नो Desktop मा
धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र
सके सम्म Desktop लाई Clean नै
राख् नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save
नगर्नुस्
।
५ RecycleBin
लाई
बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु RecycleBin
मा
जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive
को
ठाउँ यसले लीइ राखेको हुन्छ ।
६ temporary
internet files लाई
बेला बेलामा Delete गरी राखनुस् ।
७ आफ्नो कम्प्युटर लाई प्रत्येक २
महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु
Fast चल्छन ।
८ आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २
भन्दा बढीमा partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive
मा
Instal गर्नुस् । सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
९ जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को
Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई
तपाइले software हरु Instal गरी
सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि
सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर
अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow
Down हुन
सक्छ ।
"यि १० वटा साधारण Tips हरुलाई बिचार पुर्याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक
रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"
http://kyamazza.blogspot.com/search/label/top10tips
ईन्टरनेट के हो र कसरी चलाउने ?
इन्टरनेट भन्ने शब्द हाम्रो लागि नयाँ
होइन, यसको बारेमा हामीले मनग्ये सुनेका छौँ र
हामीमध्ये कतिले त मनग्ये चलाएका पनि छौँ। आज हामी इन्टरनेट भनेको के हो र यसलाई
कसरी चलाउने भन्ने बारेमा केही जानकारी लिन्छौँ।
इन्टरनेट के हो?
इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले
नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ। दुई वा दुईभन्दा बढी कम्प्युटरलाई
आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा
रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ।
नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको
हुन्छ।
१) Loal
Area Network
यो सबैभन्दा सानो आकारको नेटवर्क हो।
यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले
साइवर क्याफे, स्कुल, क्याम्पस
आदि ठाउँमा देखेको नेटवर्क यही नै हो।
२) Municipality
Area Network
यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा
सहरभरि फैलिएको पनि हुनसक्छ।
३)Wide
Area Network
यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र
ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MAN को तुलनामा आकारको
हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क
(Internetwork) बन्दछ। इन्टरनेट (Internet), इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो। ई. सं. १९६० को मध्यतिर
अमेरिकाको सुरक्षा निकायले बनाएको ARPANET को विकसित रूप नै
आजको इन्टरनेट हो। इन्टरनेटले आजको समयमा पाएको अभूतपूर्व प्रसिद्धिका बारेमा
निर्माणकर्ताहरूले शायद सोचेका पनि थिएनन् होला।
कम्प्युरबाट इन्टरनेट कसरी चलाउने त?
हाम्रो कम्प्युटरलाई इन्टरनेटसँग जोड्न
वा सामान्य शब्दमा इन्टरनेट चलाउन तीनवटा कुराको आवश्यकता हुन्छ।
मोडेम (Modem) भएको
कम्प्युटर।
टेलिफोन लाइन।
इन्टरनेट खाता
इन्टरनेट चलाउन तल दिइएका बुँदाहरूको
अनुसरण गर्नुपर्दछ।
१) कम्प्युटरमा फोन लाइन जोड्ने
हाम्रो कम्प्युटरमा मोडेम छ भने हामीले
सिपियु (CPU) को पछिल्लो भागमा फोनको तार जोड्न
मिल्ने ठाउँ देख्छौँ। त्यो ठाउँमा फोनको तार लगेर जोड्नुपर्छ। यदि त्यस्तो ठाउँ
छैन भने हाम्रो कम्प्युरटरमा मोडेम भन्ने पुर्जा नहुन सक्छ र हामीले त्यसलाई
बजारबाट किनेर हाम्रो कम्प्युटरमा जडान गर्नुपर्छ। यसको मूल्य हजार रूपैयाँसम्म
पर्न सक्छ।
२) इन्टरनेट खाता खोल्ने
कुनै पनि इन्टरनेट सेवा दिन सक्ने
कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। पाल्पाको सन्दर्भमा
हामीले नेपाल टेलीकम, वर्ल्डलिंक
कम्युनिकेशन्स, बायु कम आदिबाट इन्टरनेट सुविधा पाउन
सक्छौँ। यस्ता कम्पनीहरुलाई इन्टरनेट सेवा प्रदायक (ISP) भनिन्छ। खाता खुलेपछि कम्पनीले हामीलाई युजर नेम, पासवर्ड र फोन नम्बर दिन्छ। पासवर्ड हामीले निकै जतनसाथ गोप्य
राख्नुपर्छ।
३) युजरनेम, पासवर्ड र फोन नम्बर राख्ने ठाउँ कसरी बनाउने?
हामीमध्ये धेरैले विन्डोज एक्सपी
चलाउँछौँ। त्यहाँ युजर नेम, पासवर्ड र फोन नं.
राख्न निश्चित ठाउँ बनाउनुपर्छ। त्यसको लागि तल भनिएअनुसारको कदम चाल्नुपर्छ।
सबैभन्दा पहिले माई नेटवर्क प्लेसेज (My
Network Places) मा
डबल क्लिक गर्ने। त्यहाँभित्र बायाँपट्टि (ँिेौ णेतौोरक चोननेछतिोनस) भनेर लेखिएको
लिंक हुन्छ। त्यसमा क्लिक गरेपछि फेरि त्यही ठाउँमा (Create New Connection) भन्ने लिंक देखिन्छ। त्यसमा क्लिक गरेमा
एउटा बट्टा (Dialogue Box) खुल्छ। त्यसमा
कम्प्युटरको निर्देशनअनुसार आवश्यक विवरण भर्दै Next भन्ने
बटनथिच्दै जानुपर्छ र अन्त्यमा Finish थिच्नुपर्छ। त्यसो
गरेपछि एउटा नयाँ आइकन बन्छ (दुईवटा कम्प्युटरको बीचमा फोन भएको) त्यस आइकनमा
क्लिक गरेर युजरनेम पासवर्ड र फोन राख्ने ठाउँ रहन्छ। सबै कुरा निश्चित ठाउँमा
राखेर Connect भन्ने बटन थिच्नुपर्छ। युजरनेम र
पासवर्ड सही भएमा मनिटरको दायाँपट्टी पुछारमा एउटा आईकन गएर बस्छ र (ISP) is now connected भन्ने सूचना आउँछ। इन्टरनेट जोडिएपछि
हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ। Internet
explorer, Netscape Navigator, Opera, Mozila Firefox जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Bar मा आफूले हेर्न चाहेको साइटको नाम लेखेर
क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ। जस्तै कान्तिपुर दैनिकको ठेगाना www.ekantipur.com लेखेर इन्टर गरेमा इन्टरनेटमा हाम्रो
ब्राउजरमा कान्तिपुर दैनिकको गृह पृष्ठ खुल्छ। यसरी हाम्रो काम सकिएपछि इन्टरनेट
बन्द गर्न दायाँपट्टी पुछारमा भएको आइकनलाई डबल क्लिक गरेमा एउटा बट्टा खुल्छ।
त्यस बट्टामा हामीले कतिबेर इन्टरनेट चलायौँ भन्ने सूचना हुन्छ। सोही बट्टाको
पुछारमा रहेको Disconnect भन्ने बटन थिचेमा
हाम्रो कम्प्युटरमा इन्टरनेट बन्द हुन्छ ।
लिनक्सको डिस्ट्रो छान्ने तरीका
केही समय यता लिनक्स निकै नै प्रचलित
हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्यकिङग हुने
समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले
माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा
सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तरराष्ट्रिय
कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका
कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ। तर लिनक्स चलाउन चाहने
जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका
बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्टु जस्ता
विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई Distribution वा छोटकरीमा Distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको
विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको
ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ। फरक फरक डिस्ट्रोको
आआफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त
हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। यदि तपाइ घरमा टाइप गर्न, इमेल इन्टरनेट प्रयोग गर्न,
भिडियो
तथा अडियो कार्यहरूका निम्ति प्रयोग गर्न लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने
उबुन्टु लिनक्स उपयुक्त हुन सक्छ। केही समय यता उबुन्टु लिनक्स निकै नै राम्रो हुदै
गइरहेको तथा बढि भन्दा बढि हार्डवेयर हरू चल्ने हुँदै गइरहेको छ। त्यसमाथि Cononical नामको कम्पनीले निर्माण गर्ने तथा हरेक ६ महिनामा नयाँ सँस्करण
निकालिने हुनाले पनि यस डिस्ट्रोको प्रयोग गर्दा सधै Update भइने कुराको ग्यारेन्टी हुने गर्दछ। यदि तपाईको कम्प्युटरमा
इन्टरनेटको सुविधा छ भने नयाँ सफ्टवेयरहरू हाल्न पनि यस उबुन्टु लिनक्समा निकै नै
सजिलो हुने गर्दछ। यसबाहेक घरको कम्प्युटरमा प्रयोग गर्नको निम्ति Fedora लिनक्स पनि निकै नै प्रचलित छ। उबुन्टु लिनक्स जस्तै ६/६
महिनामा नयाँ सँस्करण आउने नभए पनि यस लिनक्स विश्वव्यापी रुपमा धेरै
प्रयोगकर्ताहरूले प्रयोग गर्ने गर्दछन्। यदि तपाई चलाउँदा विन्डोज जस्तै लाग्ने
लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros desktop हुन सक्छ। Xandros desktop विन्डोजको प्रयोगकर्ता हरूलाई गाह्रो
नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स
चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसैकसैलाई यो पक्ष महत्वपूर्ण हुन सक्छ। Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न
सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए
तापनि यसमा Xandros को भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न
सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspire मा रहेको छ। यदि तपाई Xandros
वा
Linspire प्रयोग गर्ने सुरमा हुनुहुन्छ भने
तपाईका निम्ति Progression Desktop नामको सफ्टवेयर पनि
निकै काम लाग्न सक्छ। यस सफ्टवेयरले कम्प्युटरमा रहेको विन्डोजका सेटिङ् तथा
फाइलहरूलाई लिनक्समा सार्ने गर्दछ। विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि
विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट
चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologies ले बनाएको Codega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा
विन्डोजका गेमहरु खेल्न सकिन्छ। यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा
चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।
अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्।
यदि तपाई हेर्दा राम्रो तथा चलाउन पनि सजिलो लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ
भने Novell को OpenSUSE
प्रयोग
गर्न सक्नु हुन्छ। अफिसका निम्ति Redhat
Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केही समय यता उबुन्टु लिनक्स
पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि
अफिसहरूमा प्रयोग गर्न सकिन्छ। त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको
प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै
नै शैक्षिक सामग्रीहरू रहेका छन्। बालबालिकाका निम्ति शैक्षिक खेलहरू देखि लिएर
कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्टु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ। श्रव्य
दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्टुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य
तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्। यदि तपाई कम्प्युटर
सम्बन्धी काम गर्नु हुन्छ र लिनक्स सिकी यसलाई आफ्नो पेसा बनाउन चाहनुहुन्छ भने
तपाईको निम्ति Redhat Linux उपयुक्त हुन्छ। Redhat Linux ले लिनक्सका विभिन्न पाठ्यक्रम बनाउनुका
साथै परीक्षा पनि लिने गर्दछ। Redhat को Redhat Certified Professionalनामको लिनक्स सम्बन्धी पाठ्यक्रम तथा
यसको परीक्षा विश्वभरी नै चर्चित रहेको छ र यसको परीक्षा उत्तीर्ण गरेको जो
कोहीलाई विश्वव्यापी रूपमा लिनक्सको विज्ञको मान्यता दिइने गरिन्छ। लिनक्सलाई निकै
नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न
बनाइएको Damn Small Linuxनामको लिनक्स
डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा
चल्ने भए तापनि यस Damn Small Linux मा नयाँ लिनक्समा
रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार
पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ। यदि तपाइ नेपाली मा
लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन
पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन
त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस
नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण
सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अंग्रेजी भाषाको प्रयोगको कारण
कम्प्युटरको प्रयोग गर्न गार्हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो
हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको
कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ। यति धेरै रहेका लिनक्सका
डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै
विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै
डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि
पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्हो कार्य भने पक्कै पनि
हैन।
प्रयोगकर्ता केन्द्रित वेबसाइट : वेब २.०
यदि तपाइ लामो समय देखि इन्टरनेट
चलाउँदै आउनु भएको छ भने तपाईँले अनुभव गर्नु भएको होला कि अचेलका वेब पेजहरू तथा
समग्र रुपमा इन्टरनेट नै निकै फरक किसिमको हुँदै गइरहेको छ। पहिला पहिला वेब पेजहरू
कुनै एक कम्पनी वा विकासकर्तामा केन्द्रित हुने गर्थ्यो भने अहिलेका धेरैजसो
वेबपेजहरू प्रयोगकर्ता केन्द्रित हुँदै गइरहेका छन्। झट्ट हेर्दा अहिलेका
वेबपेजहरू बढी प्रयोगकर्ता केन्द्रित, सूचना आदानप्रदान
गर्न मिल्ने तथा मिलेर केही काम गर्ने खालका हुने गरेका छन्। यस्ता नयाँ पुस्ताका
वेबपेजहरूलाई इन्टरनेट वेबको दोस्रो सँस्करण वा वेब २.० भन्ने गरिन्छ। इन्टरनेट
चलाउने जो कोहीले याद गर्ने गरेको कुरा के हो भने केही वर्षयता ब्लग, विकि, Hi5, Facebook जस्ता Social Networking वेबसाइटहरू तथा प्रयोगकर्तालाई मुख्य
प्राथमिकता दिइएको वेबसाइटहरू निकै चलनचल्तीमा आइरहेका छन्। यस्ता वेबसाइटहरू लाई
राम्रो संग हेर्ने हो यस्ता वेबसाइटहरूमा सूचना आदानप्रदान तथा प्रयोगकर्ताको
सहभागिता प्रमुख तत्वको रुपमा रहने गरेका हुन्छन्। केही समय अगाडि सम्म वेबसाइटहरू
एकतर्फी हुने गर्दथे। वेबसाइटका विकासकर्ता वा त्यससम्बन्धि कम्पनीले वेबसाइटमा
सूचनाहरू हाल्ने गर्दथे र वेबसाइटहरू हेर्ने प्रयोगकर्ताहरूले त्यसमा रहेका सूचना
एकतर्फी रुपमा हेर्ने तथा पढ्ने गर्दथे। सरल रुपमा भन्नु पर्दा प्रयोगकर्ताहरूले
वेबसाइटहरू मात्र सर्फ गर्ने गर्दथे। तर अहिलेका वेब २.० का वेबसाइटहरूमा
प्रयोगकर्ताको सहभागितालाई प्रमुख प्राथमिकता दिने गर्दछन्। अहिले निकै ब्लग
साइटहरु चलनचल्तीमा आएका छन् जहाँ प्रयोगकर्ताहरूले नै सूचना सिर्जना गर्ने
गर्दछन्। यसबाहेक वेब २.० का सबै वेबसाइटहरूमा सूचना प्राप्त गर्ने व्यक्तिको
सहभागितालाई पनि ध्यान दिइएको हुन्छ। हरेक व्लग साइटमा ब्लगरको आफ्नो लेख बाहेक
पाठकले पठाउने Comment को पनि ठूलो भुमिका
हुने गर्दछ। सूचना आदानप्रदान को क्षेत्रमा वेब २.० को अर्को ठूलो पाटो विकिहरुलाई
लिन सकिन्छ। हामी सबैले विकिपेडिया प्रयोग गर्ने गर्दछौ। यस्ता विकिहरूमा
प्रयोगकर्ताहरूले नै लेख तथा सूचनाहरू निर्माण गर्ने गर्दछन्। यसरी विकिपेडिया
जस्ता विकिहरुमा सम्पूर्ण रुपमा प्रयोगकर्ताको सहभागिता रहने गर्दछ। वेब २.० को
सुरुवात भन्दा पहिले विश्वकोशको रुपमा Microsoft
Encarta वा
Britanica जस्ता विश्वकोशहरू थिए जसमा रहेका
सम्पूर्ण लेख तथा रचनाहरू कुनै एक व्यक्ति वा कम्पनीले राख्ने गर्दथे। त्यसका
साथसाथै प्रयोगकर्ताहरूलाई त्यसमा रहेका लेखहरू सच्याउने तथा प्रतिक्रिया दिने
कुनै सुविधा हुदैनथ्यो। यसको विपरीत विकिपेडिया जस्ता वेब २.० का वेबसाइटहरूले
प्रयोगकर्ता तथा पाठकलाई वेबसाइटको प्रमुख पाटोको रुपमा प्रस्तुत गर्ने गर्दछ।
त्यस्तै अहिले निकै नै चलनचल्तीमा रहेका Social
Bookmarking साइटहरू
पनि वेब २.० को अन्तर्गत पर्ने गर्दछन्। slashdot.com,
digg.com जस्ता
इन्टरनेटमा रहेका राम्रा तथा महत्वपूर्ण वेबसाइटहरू को सूची लोकप्रियताको आधारमा
देखाइने यस्ता वेबसाइटका सम्पूर्ण सूचनाहरू प्रयोगकर्ताहरूले नै निर्माण गर्ने
गर्दछन्। हामी मध्ये धेरैले प्रयोग गर्ने Hi5,
Facebook तथा
Myspace जस्ता Social networking अर्थात् साथीहरूको सञ्जाल बनाउने वेबसाइटहरू पनि वेब २.०
अन्तर्गत पर्ने गर्दछन्। यस्ता सञ्जालहरूमा सूचनाहरूको निर्माण तथा व्यवस्थापन
सम्पूर्ण रुपमा प्रयोगकर्ताहरूले नै गर्ने गर्दछन्। यस बाहेक वेबसाइटको प्रविधि
तथा प्रस्तुतिको हिसाबले पनि वेब २.० निकै नै फरक हुने गर्दछ। वेब २.० को प्रमुख
पक्षको रुपमा RIA अर्थात् Rich Internet Application रहने गर्दछ। यदि तपाईले गुगलको Gmail चलाउनु
भएको छ भने अरू मेल भन्दा पक्कै पनि निकै भिन्नता पाउनु भएको होला। Gmail मा मेलहरु हेर्न तथा पठाउन निकै नै सजिलो तथा छिटो हुने गर्दछ।
यसको पछाडि Gmail प्रयोग गरिएको AJAX नामक प्रविधिको निकै नै ठूलो हात रहेको छ। Hotmail जस्ता मेलहरुमा कुनै मेल खोल्दा नयाँ पेज खुल्ने गर्दछ, तर Gmail मा मेल त्यसै
पेजभित्र निकै छिटो गतिमा खुल्ने गर्दछ। यसरी एकै पेजमा रहि सुचनाहरु देखाउनका
निम्ति AJAX प्रविधिको ठुलो हात रहेको हुन्छ। यसरी AJAX को प्रयोग गरि बनाइएका वेबपेजहरुमा सूचना एकै पेजमा कुनै
सफ्टवेयर चलाएजस्तै देखा पर्ने गर्दछ, जसले गर्दा
प्रयोगकर्तालाई निकै सजिलो हुनुका साथै चाँडो काम पनि गर्न सकिन्छ। AJAX प्रविधि प्रयोग गरि बनाइएका वेबसाइटहरू वेब २.० भित्र पर्ने
गर्दछन्। वेब २.० का वेबसाइटहरूमा साइटको संरचना मा पनि निकै ध्यान पुर्याइएको
हुन्छ। वेब २.० का साइटहरू बनाउँदा पालना गर्नु पर्ने सम्पूर्ण नियमहरूमा ध्यान
पुर्याउनु पर्ने हुन्छ। W3C नामक संस्थाले
वेबपेजहरु विकास गर्दा ध्यान पुर्याउनु पर्ने विभिन्न कुराहरूको निर्धारण गर्ने
गर्दछ। यस्ता नियमहरूमा वेबपेजको code अर्थात् HTML सहि रुपमा लेख्ने तरिका,
वेबसाइटहरू
लाई बढि भन्दा बढि प्रयोग योग्य बनाउन प्रयोग हुने नियमहरू पर्ने गर्दछन्। यस्ता
नियमहरु प्रयोग गर्दा वेबसाइटहरू राम्रा मात्र नभइ गुणस्तरीय तथा एकरुपका हुने
गर्दछन्। जसको कारणले वेब २.० का वेबसाइटहरू प्रयोग गर्दा आधारभूत कुराहरू मात्र
जाने पुग्छ। त्यस्तै वेब २.० मा श्रव्य तथा दृष्य लाई पनि निकै प्राथमिकता दिइएको
हुन्छ। नेपालमा त्यति प्रचलनमा आइ नसकेको भए पनि विश्वव्यापी रुपमा Youtube, Metacafe जस्ता भिडियो आदानप्रदान गर्ने
वेबसाइटहरू निकै प्रचलित रहेका छन्। यस्ता वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने
गर्दछन्। वेब २.० को सबै भन्दा प्रमुख पक्ष के हो भने यस्ता वेबसाइटहरूमा सूचनालाई
प्रमुख प्राथमिकता दिइएको हुन्छ। यसरी सूचनालाई प्राथमिकता दिने क्रममा RSS तथा FEED जस्ता प्रबिधिहरू
प्रमुख रुपमा आउने गर्दछन्। प्रयोगकर्ता केन्द्रित हुने हुँदा वेब २.० का
वेबसाइटहरूमा सूचना निकै छिटो गतिमा तथा निकै ठूलो मात्रामा निर्माण हुने गर्दछ।
यस्तो परिस्थितिमा घरीघरी वेबसाइटमा गइ उक्त सूचना हेरिरहनु निकै नै अप्ठ्यारो
हुने गर्दछ। यस समस्याको समाधानका निम्ति RSS
तथा
FEED जस्ता प्रविधिको विकास भएको हो। यस्ता प्रविधिको
प्रयोगले प्रयोगकर्ता वेबसाइटमा गइ सूचना हेर्ने नभइ सूचना नै प्रयोगकर्ता सम्म
आइपुग्ने गर्दछ। यसले गर्दा आफुले चाहेको सूचना मात्र हेर्ने सुविधा हुनुका साथै
समयको पनि निकै बचत हुने गर्दछ। वेब २.० को अर्को महत्वपूर्ण पक्ष के हो भने यसले
हामीले कम्प्युटर चलाउने तरिकामा निकै नै परिवर्तन ल्याउँदै छ। वेब २.० को
माध्यमद्वारा हामीले कम्प्युटरमा चलाउने विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा देखा पर्न
थालेका छन्। हामीले कम्प्युटरमा चलाउने Microsoft
Word जस्तै
Google ले Google
Document नामको
सफ्टवेयर बनाएको छ, जुन वेबपेजका रुपमा चल्ने गर्दछ। तपाइले
कम्प्युटरमा Word मा फाइलहरू सम्पादन गरे जस्तै Google Document मा आफ्ना फाइलहरू सम्पादन गर्न सकिन्छ।
फरक यत्ति छ कि Google Document इन्टरनेटमै वेबसाइटको
रुपमा उपलब्ध छ र यसलाई कम्प्युटर हाल्नु पर्दैन। यसबाहेक फोटोहरू सम्पादन गर्ने
तथा अन्य विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा वेबपेजका रुपमा उपलब्ध हुन थालेका छन्।
यस्ता सबै वेबपेजहरू वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता वेब २.० सफ्टवेयरहरूको
विकासले गर्दा भविष्यमा कम्प्युटरमा इन्टरनेट चलाउने ब्राउजर मात्र भए पनि आफ्नो
सम्पूर्ण काम गर्न सकिने अवस्था नआउला भन्न सकिन्न।
इन्टरनेटको आविष्कार कसरी भयो ?
इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर
छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने
विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम
सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन। इन्टरनेटको इतिहास
खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ।
सन् १९५० को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम
गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने
सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको
खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन
सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department
of Defense ले
RAND Corporation लाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल
प्रणालीको बिकास गर्ने काम सुम्पियो। त्यस RAND
Corporation का
Poul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा
आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baran ले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको pentagon मा पठाए र अन्ततः Pentagon
ले
यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो
टेलिफोन कम्पनी AT&T लाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran
जस्तो
सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा
आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो। निकै लामो
समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस
सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced
Research Projects Agency वा ARPA नामक संस्थाको
सुरुवात गर्यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Roberts ले Poul
Baran ले
विकास गरेजस्तै Pocket Switching मा आधारित सञ्जाल
प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे। यस प्रविधिद्वारा
विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना
आदानप्रदानका निम्ति कम्प्युटरमा Interface
Message Processors अर्थात् IMP नामक मिनि कम्प्युटर
जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP
हरुबीच
टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम क्यालिफोर्निया विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र
UTAH विश्वविद्यालय जोडिए। सन् १९७० को
मध्यसम्ममा MIT, BBN Harvard र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा
अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए। ARPANET को यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको
सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANET को
प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा
वैज्ञानिकहरूले गर्ने गर्दथे। सन् १९७२ मा Ray
Tomlinson ले
इन्टरनेटको सम्भवतः सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा
प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले
गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftp को विकास पनि त्यसैताका भयो। इन्टरनेटको यति विकास भइसक्दा पनि
सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका BOB
Kahn र
Vint Cerf ले TCP/IP
नामक
सूचना आदानप्रदान गर्ने प्रणालीको विकास गरे,
जुन
आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका
सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८०
दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले
गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो। इन्टरनेटको यति विकास भइसक्दा पनि
सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट
सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Barners Leeले विकास गरेको World
Wide Web ले
इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide
Web लाई
हामी www को नामबाट पनि चिन्दछौ। धेरैले www लाई नै इन्टरनेट भन्ने गर्छन्, तर
यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना
आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो। www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए
पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै
इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National Centre
for Supercomputer Application का अनुसन्धानकर्ता Marc
Andreessen ले
गरेका हुन्। यस पहिलो Browser को नाम Mosaic थियो। पछि उनै Marc
Andreessen ले
Netscape Corporation को पनि सुरुवात गरे
जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट Browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट Browser को सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक Browser को
विकास गर्यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ।
इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई
इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www
को
सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने
गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग
गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्यो। अमेरिकामा AOL, Prodigy र CompuServe
जस्ता
चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा
पनि हुन थाल्यो। आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANET मा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले
एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको
विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय
सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला।
ब्लग कसरी बनाउने ?
ब्लग भन्नाले त्यस्ता वेबसाइटहरूलाई
जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा
प्रकाशित गर्ने गर्दछन्। आफुलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका
लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ। ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब
र लग को सम्मिश्रणद्वारा बनेको हो। सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्नो ससाना
नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमको
रुपमा विकसित भएको छ। नेपालको परिप्रेक्ष्यमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने
यकिन इतिहास छैन। तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता
आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमको रुपमा ब्लग देखिएको हो।
नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम र हाम्रोब्लग डटकम अगाडि
देखिएका छन्। अहिले करिब एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका
पाइन्छ। नेपाली ब्लगहरुको संग्रह www.bloggers.com.np
मा
हेर्न सकिन्छ। सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य
विभिन्न प्रकारका हुने गर्दछन्। भिडियो सम्बन्धित ब्लगलाई भिलग भन्ने गरिन्छ।
त्यस्तै फोटोहरू राखिने फोटो ब्लगहरू पनि प्रचलित छन्। अचेल मोबाइलबाट पनि ब्लग
गर्ने प्रबिधिको बिकास भैसकेको छ, त्यस्ता ब्लगलाई
मोब्लग भन्ने गरिन्छ। विषयवस्तुको हिसाबले पनि बिभिन्न प्रकारका ब्लगहरु हुने
गर्दछन्, जस्तै राजनैतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग, आदि। यी सबै ब्लगहरू खोज्न www.technirati.com नामक सर्च इन्जिनको पनि विकास गरिएको छ। ब्लगको यति जानकारी
पछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौँ। ब्लग लेख्न सुरु गर्नु भन्दा
पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भन्ने बारे निर्णय गर्नु राम्रो हुन्छ।
कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन। कसैले कुनै निश्चित
बिषयमा ब्लग लेख्ने गर्छन। धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा
विषय परिवर्तन गर्ने गर्छन्। ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले
आफुलाई जे मन लाग्यो त्यही लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ।
के को बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न
आउँछ। ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ। यदि तपाइको आफ्नै वेबसाइट छ भने, त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ। wordpress, Mavable type र Typo
जस्ता
ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरि प्रयोग गर्न
पाइन्छ। तर सबैको आफ्नै वेबसाइट नहुन सक्छ,
यस्तो
अवस्थामा इन्टरनेटमा रहेका www.blogger.com
वा
www.wordpress जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु
गर्न सकिन्छ। यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लग साइट निर्माण गर्न सकिन्छ। यी
ब्लग साइटहरु मध्ये wordpress सजिलो तथा निकै
प्रख्यात पनि छ। wordpress मा आफ्नो ब्लग सुरु
गर्नका निम्ति सुरुमा एउटा Account खोल्नु पर्दछ। यसरी
नयाँ Account सुरु गर्दा तपाइले आफ्नो ब्लगको शिर्षक
पनि दिनु पर्ने हुन्छ। Account बनिसकेपछि तपाइले
ब्लग लेख्न सुरु गर्न सक्नु हुन्छ। त्यस्तै अर्को ब्लग साइट Blogger.com पनि अचेल निकै प्रचलित हुदै गइरहेको छ। Blogger.com को फाइदा के छ भने यसमा ब्लग लेख्नको
लागि यदि तपाइसंग Gmail ठेगाना छ भने त्यसैको
प्रयोग गर्न सक्नु हुन्छ। ब्लग सबैका लागि पढ्न खुला हुने हुनाले निम्न कुराहरुमा
बिशेष ध्यान पुर्याउनु पर्दछ। ब्लगमा अन्य व्यक्तिको इमेल ठेगाना देखाउने गरि
राख्नु हुदैन। लेखिएका कुराहरुको स्रोत स्पष्ट रुपमा खुलाउनु पर्दछ। ब्लगमा
सकेसम्म नम्र भाषा प्रयोग गर्नु राम्रो हुन्छ। लेखाइ सकेसम्म स्पष्ट हुनु राम्रो
हुन्छ। एकपटक लेखिसकेको ब्लगलाई पटकपटक सच्याउनु हुदैन। ब्लग अहिले आफ्नो आवाज
सर्वसाधारण पुर्याउन सबै भन्दा छिटो तथा सशक्त माध्यम भएको छ। आफुलाई लागेको कुरा
पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको
माध्यमद्वारा मुक्त हुन सकिन्छ। ब्लगको अरु रमाइलो कुरा के छ भने आफुले लेखेको
ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ। अरु धेरैले Google Adsence जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा
प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन्। यति धेरै रमाइलो ब्लगिङको दुनियामा आजै
किन नछिर्ने त।
अप्टिकल फाइबर
अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने
अप्टिकल फाइबरको प्रचलन नेपालमा पनि शुरू भएको छ। हालसालै चीनले नेपालको दूरसंचार
सेवाका लागि काठमाडौंदेखि कोदारीसम्म एकसय १५ कि.मी. अप्टिकल फाइबर बिच्छ्याउने
कार्यमा सहयोग प्रदान गरेको छ। यसबाट दूरसंचार सेवामा अरु बढी प्रभावकारिता र अरु
बढी विश्वसनियता आउने देखिएको छ। अहिलेसम्म एउटा टावरबाट अर्को टावर गर्दै
माइक्रोवेभ लिंकबाट डाटा आदान प्रदान गरिरहेको टेलिकमलाइ विभिन्न कारणले टावरहरू
क्षतिग्रस्त हुँदा त्यस क्षेत्रको संचार सम्पर्क नै लथालिङ्ग हुने स्थितिबाट
अप्टिकल फाइबरले छुट्टी दिने भएको छ। हालै मात्र भारत सरकारको सहयोगमा नेपालको
पूर्व देखि पश्चिमसम्म अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको छ। पहिलो
चरणमा भद्रपुरदेखि नेपालगञ्जसम्म ८ सय ९८ किलोमिटर अप्टिकल नेटवर्क बिछ्याइएको
टेलिकमले जनाएको छ। एक अर्ब चौरहत्तर करोड रूपैयाँ लागतको यस योजनामा भारत सरकारले
झन्डै ८० प्रतिशत ब्यहोरेको बताइएको छ। यसबाट तराइका ७९ वटा स्टेशनमा क्म्ज् उपकरण
मार्फत अप्टिकल लिंकमा जोडिने छन्। हाल नेपालमा अप्टिकल फाइबर मुख्यतया दूरसंचार
सेवामा ब्यापक प्रयोग हुन थालेको छ। यस बाहेक बिद्युत प्राधिकरण र केही केबुल
इन्टरनेट प्रदायकहरुले पनि यसको प्रयोग गर्न थालेका छन्। विश्वको सन्दर्भमा हेर्दा
दूरसंचारका अतिरिक्त ब्याङकिङ तथा बित्तीय निकायहरू, सुरक्षा, टेलिभिजन प्रशारण, लगायतका क्षेत्रमा
अप्टिकल फाइबर नेटवर्कको प्रयोग हुने गरेको छ।
के हो त अप्टिकल फाइबर?
अप्टिकल शब्दबाट नै स्पष्ट हुन्छ कि यो
दृश्य अथवा प्रकाश सित सम्बन्धित हुन्छ। अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको
प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिका
लगायतका अन्य अधातुहरू प्रयोग गरिन्छ। यसको बनोट ३ तहमा हुन्छ। बीचमा कोर हुन्छ
जुन यसको डाटा हिँड्ने मुख्य भाग हो। त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर
ज्याकेट अर्थात कभर हुन्छ। कोर भाग काँच, फाइबर र अन्य प्युरिटीहरूले
बनेको हुन्छ। यसमा लाइट टोटल इन्टर्नल रिफ्लेक्टिङ् को आधारमा डाटा आदान प्रदान
हुन्छ। अर्थात प्रकाशको गतिमा तथ्यांक आदान प्रदान गर्ने भएकाले यो अति शीघ्र डाटा
आदान प्रदानको माध्यम हो। कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोर बाट बाहिर
परावर्तन हुन लागेको डाटालाई पुन कोरतिर नै फर्काइदिन्छ। यसरी बाउन्स हुँदा हुँदै
पहुँच सम्मको परिपथ बन्दछ। भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले
सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ
यसलाई ज्याकेट भनिन्छ। यी सबै तहहरू मिलेर बनेको अप्टिकल केबुल पनि धेरै भद्दा
हुँदैन। सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान प्रदान गर्न सकिने र डाटा
चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो। पर्याप्त उपकरण हुने हो भने
अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हाल सम्म ४०
गिगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन्। नेपालमा
प्रयोग भैरहेको उपकरणले चाहिँ १० गिगाबाइट प्रति सेकेन्डको गतिमा तथ्यांङक आदान
प्रदान गर्दछ। अप्टिकल केबुलबाट कसरी डाटा आदान प्रदान गरिन्छ? डाटा आदान प्रदान गर्नमा डाटाको उद्गम स्थल र पहुँच सम्ममा ३
वटा संयन्त्रहरू प्रयोग हुन्छन्।
१) डाटा पठाउने स्टेशनले डाटालाइ प्रकाश
सिग्नलमा परिणत गरिदिन्छ। यो सिग्नल केबुलको कोर भागबाट तरंगित हुन्छ। यसले Light Reflect Index को आधारमा कार्य गर्दछ। लामो दूरीमा
डाटा पठाउनका लागि Step Index मा Signal Mood Data प्रयोग गरिन्छ। तर Graded Index मा पठाएमा Reflect Index Variable अर्थात बढ्ने वा घट्ने हुन्छ। धेरै डाटा
पठाउन यसको प्रयोग हुन्छ। यसबाट निम्न मुडमा डाटा आदान प्रदान गर्न सकिन्छ। Step Index: Single mode (single light) Step Index:
Multi mode (multi light) Graded Index: single mode Graded Index: Multi mode लिनु पठाउनुपर्ने
डाटाको साइज, केबुलको Substance वा Material आदिमा कुन मुड वा कुन
इन्डेक्स प्रयोग गर्ने भनेर तय गरिन्छ।
२) अप्टिकल केबुल परिपथ लामो भएमा बीच
बीचमा रिपिटर पनि राखिन्छ ।
३) गन्तब्य स्थानमा राखिएको रिसिभरले
चाहिँ अप्टिकल सिग्नललाई पुनः Data मा कन्भर्ट गर्दछ।
टेलिकमले उपत्यकाका सबै एक्सचेन्जहरूलाई अप्टिकल केबुलले जोडिसकेको छ भने
पूर्वपश्चिम अप्टिकल लिंकलाई विद्युत प्राधिकरणको अप्टिकल पावर ग्राउन्ड वायर बाट
राजधानीमा जोडिएको छ। अब काठमाडौंदेखि कोदारीसम्म यसको विस्तार हुने हो भने हाम्रो
आन्तरिक तथा बाह्य ट्रंकका सर्किटहरू पर्याप्त हुने निश्चित छ। यसबाट चीन र
भारतसितको हाम्रो दूरसंचार सेवाको ब्यापारमा पनि बृद्धि हुनेछ। यतिमात्र होइन
देशको ब्याङ्किङ, वाणिज्य तथा सूचना प्रविधिको क्षेत्रलाई
नै अप्टिकल फाइबर नेटवर्क विस्तारले झन् उत्साही बनाएको छ ।
नेपालीनक्स हार्ड डिस्कमा कसरी राख्ने ?
आउनुहोस् अब हामी नेपालीनक्स कसरी
हार्डडिस्कमा स्थापना गर्ने भन्ने बारेमा जानकारी लिउँ। नेपालीनक्स हार्डडिस्कमा
स्थापना गर्नुभन्दा पहिले तपाइ कम्प्यूटरमा नेपालीनक्स मात्र राख्ने हो की अर्को
सञ्चालन प्रणालीसंग नेपालीनक्स संगै नेपालीनक्स राख्ने हो भन्ने कुरा निश्चित
गर्नुहोस्। (तपाइ एउटै कम्प्यूटरमा विन्डोज र नेपालीनक्स चलाउन सक्नुहुन्छ) तपाइले
लिनक्स मात्र राख्ने हो भने सिधै हार्डडिस्कमा स्थापना प्रक्रिया अगाडि बढाउन
सक्नुहुन्छ तर विन्डोजसंग लिनक्स राख्ने हो भने एउटा हार्डडिस्कको भागलाई खाली
गर्नुहोस् किनकी लिनक्समा तपाइको हार्डडिस्कको भागहरु सि, डि, इ को रुपमा देखिँदैन
तिनीहरु जमबज्ञ जमबद्द नामका देखिन्छन्। अब सिडीरोममा लिनक्सको सिडी राख्नुहोस् र
सिडिबाट लाइभ बुट गरि नेपालीनक्स खोल्नुहोस्। अब तपाई जीपार्टेड र सि.एफ. डिस्क
मध्ये कुनै एक प्रणाली उपकरणबाट नेपालीनक्स हार्डडिस्कमा स्थापना गर्न सक्नुहुन्छ।
जीपार्टेडबाट जीनोम नेपालीनक्स स्थापना
नेपालीनक्स खुलिसकेपछि तपाई
अनुप्रयोग-प्रणाली उपकरण-जीपार्टेडमा क्लिक गर्नुहोस्। त्यसपछि खुल्ने डाइलग
बक्समा तपाइको हार्डडिस्क विभाजन चयन गर्नुहोस। प्रायः हार्यडिस्क विभाजन dev/hda वा dev/sda हुन्छ। अब तपाइले
नेपालीनक्स स्थापना गर्न चाहनुभएको हार्डडिस्कको विभाजन चयन गर्नुहोस्। तपाइले
विन्डोजमा देख्ने सि,डि,इ क्रमशः hda1, hda2, hda3 को रुपमा देखिनेछन्। अब मुख्य विभाजन
बनाउनका लागि तपाइले लिनक्स राख्न चाहेको विभाजन चयन गर्नुहोस् र नयाँ मा क्लिक
गर्नुहोस्। मुख्य विभाजनको साइज कम्तीमा ३ जीबी राख्नुहोस्, फाइल पद्धतीमा ext3 चयन गर्नुहोस् र
थप्नुहोस् मा क्लिक गर्नुहोस्। अब फेरी अनिर्धारित विभाजन चयन गर्नुहोस् र नयाँ मा
क्लिक गर्नुहोस्। अब स्वाप विभाजन बनाउनको लागि फाइल प्रणाली लिनक्स स्वाप
राख्नुहोस् स्वाप विभाजनको साइज र्याम साइजको दोब्बर राख्नुहोस् र थप्नुहोस् मा
क्लिक गर्नुहोस्। विभाजन कार्य सकिएपछि सम्पादनमा गएर लागू गर्नुहोस् मा क्लिक
गर्नुहोस्। अब लागू हुँदासम्म पर्खनुहोस्, यदी विभाजनमा कुनै
त्रुटी देखा परेमा विभाजन प्रक्रिया फेरि दोहोर्याउनुपर्छ। अब डेस्कटपमा क्लिक
गरेर लगआउट गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपछि कम्प्यूटर बन्द हुन्छ। अब
कम्प्यूटर फेरी खोल्नुहोस्। अब डेस्कटप-प्राथमिकता-हार्डडिस्कमा जडान गर्नुहोस् मा
क्लिक गर्नुहोस्। त्यसपछि अगाडि बटनमा क्लिक गर्नुहोस्। अब तपाइले नेपालीनक्स
स्थापनाका लागि पहिले बनाउनुभएको विभाजन चयन गर्नुहोस् र अगाडि मा क्लिक
गर्नुहोस्। अब स्वाप विभाजन चयन गरेर अगाडि गर्नुहोस् त्यसपछि मुख्य विभाजन चयन
गर्नुहोस्, फाइल प्रणाली ext2 वा ext3 चयन गर्नुहोस् र
अगाडि गर्नुहोस्। अब खुल्ने चेतावनी बाकसमा हो म चाहन्छु मा क्लिक गर्नुहोस्।
हार्डड्राइभमा फाइल प्रतिलिपि हुँदासम्म पर्खनुहोस् त्यसपछि खुल्ने बाकसमा तपाइले
चाहेको होस्टनाम राख्नुहोस् र अगाडि गर्नुहोस्। अब मूल प्रयोगकर्ता पासवर्ड दुबै
ठाउँमा एउटै राख्नुहोस् र अगाडि गर्नुहोस्। अब तपाइले नेपालीनक्समा लगइन गर्नको
लागि एउटा प्रयोगकर्ता नाम र पासवर्ड राख्नुहोस्। (यो विन्डोजको युजर एकाउन्ट
जस्तै हो) अब GRUB बुट लोडर स्थापना गर्नको लागि आग्रह
गरिन्छ। यसमा भएका सेटिङहरु जस्ताको तस्तै छोडेर अगाडि मा क्लिक गर्नुहोस्। अब
स्थापना प्रक्रिया अन्त्य गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपछि कम्प्यूटर पुनः
सुरु गर्नुहोस्। कम्प्यूटर खोल्दा नेपालीनक्स सिडी बाहिर निकाल्नुहोस्। अब तपाइले
कम्प्यूटर खोल्दा तपाइले स्थापना गर्ने क्रममा राखेको प्रयोगकर्ता नाम र पासवर्ड
दिएर खोल्नुपर्ने हुन्छ। स्थापना प्रक्रियाको लागि विस्तृत विवरण आवश्यक भएका तपाइ
इन्टरनेटबाट विस्तृत स्थापना म्यानुअल डाउनलोड गर्न सक्नुहुन्छ। यसका लागि तपाइ www.nepalinux.org मा जानुहोस्। र Docs लिङकमा क्लिक गर्नुहोस्। त्यसपछि अंग्रेजी वा नेपाली भाषाको
म्यानुअल डाउनलोड गर्नुहोस्। इन्टरनेटमा उपलब्ध म्यानुअलहरु पिडिएफ फर्म्याटमा
हुन्छन्। यसको लागि तपाइलाई पिडिएफ रिडर सफ्टवेयरको आवश्यकता पर्छ। पिडिएफ फाइल
खोल्नको लागि सर्वसुलभ सफ्टवेयर भनेको Adobe
Acrobat Reader/Writer हो। यो सफ्टवेयर तपाई तपाइको कम्प्यूटर प्रशासकसंग सम्पर्क
गरेर प्राप्त गर्न सक्नुहुन्छ। तपाइले इन्टरनेट एक्सप्लोररमा सिधै म्यानुअलको
लिङकमा क्लिक गर्नुभयो भने त्यो फाइल सोझै इन्टरनेट एक्सप्लोररमा खुल्छ। तपाइले
आफ्नो कम्प्यूटरमा म्यानुअल फाइल राख्नको लागि म्यानुअलको लिङ्कमा दायाँ क्लिक
गर्नुहोस् र Save Target As मा क्लिक गर्नुहोस्।
अब तपाइले त्यो फाइललाई आफूले चाहेको स्थानमा सेभ गर्न सक्नुहुन्छ ।
नेपाली भाषा कम्प्युटिङ : नेपालिनक्स
प्रविधिको विकाससंगै प्रविधिको
स्थानीकरण पनि तीब्र रुपमा बढेको छ। यसैको फलस्वरुप परम्परागत रुपमा अंग्रेजी
भाषामा प्रयोग गरिँदै आइएको कम्प्यूटर पनि अब नेपाली भाषामा चल्न थालेको छ।
पछिल्लो समयमा
आएर मदन पुरस्कार पुस्तकालयले खुला
स्रोत सफ्टवेयरको रुपमा विश्वभारिने प्रयोग गरिँदै आइएको सञ्चालन प्रणाली
लिनक्सलाई नेपालीकरण गरेपछि नेपालीमा कम्प्यूटर कर्मको सुरुवात भएको हो। हुन त
कम्प्यूटरमा नेपाली भाषाका कामहरु गर्न लागिएको धेरै भयो तर अहिलेसम्म कम्प्यूटरले
नेपाली भाषा बुझ्न सकेको थिएन पछिल्लो समयमा नेपाली युनिकोडको विकासपछि मात्र
कम्प्यूटरले नेपाली भाषा बुझ्न थालेको हो। हामीले परम्परागत रुपमा प्रयोग गर्ने
ट्रु टाइप फन्ट (प्रिती, कान्तिपुर, सगरमाथा, हिमाली) हरुमा नेपाली
अक्षरहरु देखिन्छन् तर कम्प्यूटरले ती सबैलाई अंग्रेजी भाषाकै रुपमा बुझेको हुन्छ।
तपाइले ट्रु टाइप फन्टमा कमल लेख्नुभयो भने कम्प्यूटरले त्यसलाई sdn बुझ्छ। तर नेपाली युनिकोडमा यस्तो हुँदैन। नेपाली युनिकोडमा
टाइप गरिएका अक्षरहरु पूर्णरुपमा नेपाली अक्षरहरु हुन् र कम्प्यूटरले यी
अक्षरहरुलाई नेपाली अक्षरकै रुपमा बुझ्छ।
नेपालीनक्स के हो त?
नेपालीनक्स खुलास्रोत सफ्टवेयरको रुपमा
रहेको लिनक्स सञ्चालन प्रणालीको नेपाली संस्करण हो। यो सञ्चालन प्रणाली प्रयोग
गरेपछि कम्प्यूटर पूर्णरुपमा नेपालीमै चलाउन सकिन्छ। नेपालीनक्समा पनि नेपाली
युनिकोड नै प्रयोग गरिएको छ। मर्फिक्स र नोपिक्स प्रविधि प्रयोग गरिएको जीएन्यु
लिनक्सलाई नेपालीनक्सको रुपमा विकास गरिएको छ। यसको प्रथम संस्करणमा जीनोम डेस्कटप
परिवेश प्रयोग गरिएको थियो। अहिले आएको यसको पछिल्लो संस्करण नेपालीनक्स २.० मा
जीनोम डेस्कटपसंगै केडिई डेस्कटप परिवेश पनि समावेश गरिएको छ। यसका दुवै डेस्कटप
परिवेश प्रयोग गरिएका संस्करण हरुको छुट्टा छुट्टै सीडीहरु पाइन्छ। हामीले सीडीबाट
लाइभ बुट गरि तीनीहरु प्रयोग गर्न सक्छौँ। त्यसपछि ती दुइमध्ये आफूलाई अनुकुल
रोजेर चलाउन सक्छौ।
नेपालीनक्स कसरी चलाउने?
नेपालीनक्स चलाउनको लागि हामीलाई
न्यूनतम ६४ एम्बी र्याम, पेन्टीयम १ वा
सोभन्दा विकसीत प्रोसेसर, सीडीरोम ड्राइभ र
हार्डडिस्कमा ३ जीबी खालीठाउँ चाहिन्छ। यसलाई सीडीबाट लाइभ बुट गरेर वा हार्ड
डिस्कमा स्थापना गरेर चलाउन सकिन्छ। लाइभ बुट गर्दा हार्डडिस्कमा राख्नु पर्दैन।
लाइभ बुट गर्नको लागि तपाइले सुरुमा आफ्नो कम्प्यूटरको पहिलो बुट डिभाइसको रुपमा
सीडीरोमलाई कन्फिगर गर्नुपर्ने हुन्छ। यो काम तपाइलाई आउँदैन भने आफ्नो कम्प्यूटर
प्रशाशक वा कुनै जानेको व्यक्तिको सहयोग लिन सक्नुहुन्छ। त्यसपछि सिडीरोम ड्राइभमा
सीडी राख्नुहोस् र कम्प्यूटर पुनः सुरु (रिस्टार्ट) गर्नुहोस् अब तपाइको
कम्प्यूटरमा लेपालीनक्स खुल्छ। तपाइले यसपछि सबैप्रकारका कम्प्यूटर कर्महरु
नेपालीमै गर्न सक्नुहुन्छ। तपाइले आफ्नो कम्प्यूटरमा विन्डोज वा अन्य कुनै सञ्चालन
प्रणाली राख्नुभएको छ भनेपनि यसले कुनै असर गर्दैन। तपाईले जतिबेर सीडीबाट
नेपालीनक्स चलाउनुहुन्छ त्यतीबेरसम्म तपाइको पुरानो सञ्चालन प्रणालीले कुनै काम
गर्दैन। तपाइले कम्प्यूटर बन्द गरेर नेपालीनक्सको सीडी बाहिर निकालेपछि तपाइको
कम्प्यूटर पुरानो सञ्चालन प्रणालीसंगै खुल्छ। नेपालीनक्समा तपाइले गरेका कामहरु
पेनड्राइभमा सेभ गरेर राखेको खण्डमा तपाइले जुनसुकै बेलापनि ती फाइलहरु प्रयोग
गर्न सक्नुहुन्छ। हार्ड डिस्कमा सेभ गर्नको लागि तपाइले हार्ड डिस्कलाई माउन्ट गर्नुपर्ने
हुन्छ। यसका लागि भने तपाईले नेपालीनक्सको म्यानुअल वा नेपालीनक्सको वेबसाइट हेर्न
सक्नुहुन्छ।
व्यापारिकरण र खुला स्रोत सफ्टवेयर
विश्वमा जुन अनुपातमा कम्प्यूटर र
कम्प्यूटरमा आधारित सूचना प्रविधिको विकास भइरहेको छ त्यही अनुपातमा व्यापारिकरण
पनि बढिरहेको छ। हामीले जति मात्रामा सफ्टवेयरको प्रयोग गर्छौ ती सबै सफ्टवेयर
किनेर प्रयोग गरिरहेका छैनौँ। नेपालमा प्रयोग गरिने अधिकाँश सफ्टवेयरहरु प्रतिलिपि
गरिएका हुन्छन्। हामीले अधिकाँश सफ्टवेयरहरु गैरकानूनी रुपमा प्रयोग गरिरहेका
हुन्छौँ। हामीले एउटा कम्प्यूटरको हार्डवेयर किन्दा जती मूल्य पर्छ त्योभन्दा बढी
मूल्य सफ्टवेयरको पर्न जान्छ तर अधिकाँश नेपाली प्रयोगकर्ताहरु यो वास्तविकताप्रति
अनभिज्ञ छन्। तर कुनै दिन यस्तो पनि आउन सक्छ जुनदिन हामीले हाम्रो कम्प्यूटरमा
प्रयोग गर्ने सफ्टवेयरहरुले बिना लाइसेन्स काम गर्दैनन्। नेपालमा अहिले प्रतिलिपि
अधिकारको कानून त्यती प्रबल भइसकेको छैन र हामीले प्रतिलिपि गरिएका सफ्टवेयरहरु
प्रयोग गर्न पाइरहेका छौ तर जब प्रतिलिपि अधिकार कानून राम्रोसंग लागु हुन्छ
त्यसपछि हामीले सबै सफ्टवेयरहरु किन्नैपर्छ वा कम्प्यूटर प्रयोग गर्न नै
छोड्नुपर्छ। यस्तो अवस्थामा कम्प्यूटर नियमित रुपमा प्रयोग गर्नेहरुको लागि
समस्याको सृजना हुन्छ।
यो समस्याको समाधान के त?
यो समस्याको एउटै समाधान हो खुला स्रोत
सफ्टवेयर। हामीमध्ये धेरैले सञ्चालन प्रणालीको रुपमा माइक्रोसफ्ट विन्डोज प्रयोग
गर्छौँ। माइक्रोसफ्ट विन्डोजमा माइक्रोसफ्ट कर्पोरेशनले हामीलाई जुन जुन सुविधा
दिएको हुन्छ त्यही सुविधा मात्र प्रयोग गर्न पाउँछौँ। त्यसको विकल्पको रुपमा अहिले
लिनक्स सञ्चालन प्रणाली बजारमा आएको छ। लिनक्स खुला स्रोत सफ्टवेयरको रुपमा विकसीत
भएको सञ्चालन प्रणली हो। लिनक्स र लिनक्समा चल्ने कुनैपनि सफ्टवेयरहरु किन्नु
पर्दैन। लिनक्समा पनि हामीले विन्डोजमा जस्तै लेआउट डिजाइनिङ, वेब डिजाइनिङ, मल्टीमिडिया, इन्टरनेट, च्याट, सफ्टवेयर विकास र अन्य सबै प्रकारका कम्प्यूटर कर्महरु गर्न
सक्छौ। लिनक्समा हामीले विन्डोजमा चल्ने (विन्डोज कम्प्याटीबल) सफ्टवेयरहरु चलाउन
सक्दैनौ तर त्यस्तै प्रकारका अन्य सफ्टवेयरहरु प्रयोग गर्न सक्छौँ। उदाहरणको लागि
हामीले विन्डोजमा माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर चलाउँछौँ भने लिनक्समा मोजीला
ब्राउजरबाट इन्टरनेट चलाउन सकिन्छ। त्यस्तै माइक्रोसफ्ट अफिसको विकल्प ओपनअफिस, फोटोसपको विकल्प गिम्प इमेज एडिटर, च्याटिङ मेसेन्जरहरुको विकल्पको रुपमा गाइम मेसेन्जर जस्ता
सफ्टवेयरहरु लिनक्समा उपलब्ध छन्। लिनक्स सञ्चालन प्रणालीको सोर्सकोड पनि खुला
हुन्छ। हामीलाई विकास उपकरण C++, Visual
Basic चलाउन
आउँछ भने हामीले लिनक्सलाई हाम्रो सुविधाअनुसार सुधार पनि गर्न सक्छौँ जुन सुविधा
माइक्रोसफ्ट विन्डोजमा छैन। अहिले लिनक्स सञ्चालन प्रणाली नेपाली भाषामा स्थानीकरण
पनि गरिएको छ। मदन पुरस्कार पुस्तकालयले लिनक्सको नेपाली संस्करण नेपालीनक्स
बजारमा ल्याइसकेको छ। जुन सञ्चालन प्रणाली प्रयोग गर्दा हामीले कम्प्यूटर नेपाली
भाषामै सञ्चालन गर्न सक्छौँ। नेपालीनक्सको बारेमा विस्तृत जानकारीको लागि हामीले
नेपालीनक्सको आधिकारीक वेबसाइट www.nepalinux.org
मा
जान सक्छौँ। नेपालीनक्स पहिले विन्डोज सिक्नेहरुको लागि केही गाह्रो हुनसक्छ तर
सुरुमै नेपालीनक्स सञ्चालन प्रणलीमा कम्प्यूटर सिक्नेहरुको लागि भने नेपालीनक्स
धेरै नै सजिलो छ। नेपाली भाषविज्ञानमा काम गर्नेहरुको लागि त नेपालीनक्स धेरै नै
उपयोगी छ। नेपालीनक्सको विकास र वितरणमा नेपालका कम्प्यूटर प्रयोगकर्ताहरु र
सफ्टवेयर विकासकर्ताहरु लाग्ने हो भने नेपाली भाषामा कम्प्यूटर कर्मको भविष्य
उज्वल छ।
गुगलले रोग पत्ता लगाउने !
इन्टरनेट सर्च इन्जिन गुगलले अब
चिकित्साक्षेत्रमा कार्यरत अधिकारी र बिरामीको पनि सेवा गर्ने भएको छ। इन्टरनेटमा
आधारित एक अनुसन्धान अनुसार गुगलले केही महत्वपूर्ण रोगको लक्षण पत्ता लगाउनेछ।
उक्त अनुसन्धान अस्ट्रेलियाका चिकित्सकहरूको एक समूहले गरेको थियो। उनीहरूले २६
महत्वपूर्ण रोगका सम्बन्धमा गुगल सर्च इन्जिनमार्फत अनुसन्धान गरेका थिए। अध्ययन
गरिएका २६ रोगमध्ये १५ वटाको गुगलले सही लक्षणका साथै सही समाधान पनि बताइएको
थियो। अध्ययनअनुसार गुगल केही रोगका बारेमा जानकारी लिन र दिन निकै सहयोगी सिद्ध
हुनेछ। सामान्यदेखि जटिल रोगबारे महत्वपूर्ण लेख इन्टरनेटमा राखिएका कारण गुगलमा
रोगका लक्षण र समाधान खोज्न सहज भएको ठहर अनुसन्धानकर्ताहरूको छ। अस्ट्रेलियाका
चिकित्सकहरूले ब्रिसबेनस्थित एलेक्जेन्ड्रा अस्पतालमा उक्त अनुसन्धान गरेका थिए। अनुसन्धानको
नेतृत्व गरेका डा. हागवी ताङ भन्छन् यसै कारण अब गुगल रोगको लक्षण पत्ता लगाउन र
समाधान गर्न निकै उपयोगी देखिएको छ। तर यसमा विशेषज्ञताको आवश्यकता पर्ने बताउँदै
उनले बिरामी स्वयम्ले आफ्नो उपचार गर्न खोज्न नहुने बताएका छन्। यद्यपि
चिकित्सासम्बन्धी स साना जानकारीका लागि भौंतारिँदै हिँड्नुपर्दैन, किनभने गुगल अब डाक्टर नै बनिसकेको छ,अनुसन्धानकर्ता ताङ भन्छन्। गुगलले सामान्य रोगभन्दा पनि जटिल
रोगको पहिचान र समाधानका सही उपाय दिएको पाइएको छ। खोजिएका १४ जटिल रोगमध्ये १०
वटाको लक्षण पहिचान र समाधानका उपाय बताउन गुगल सफल भएको थियो। अनुसन्धान
निष्कर्षमा भनिएको छ अब अस्पताल पूर्ण रूपमा कम्प्युटराइज हुन आवश्यक छ, अन्यथा गुगलको यो सुविधा प्राप्त हुन सक्दैन। गुगलले सबैभन्दा
फाइदा चिकित्सकलाई दिने ठहर अनुसन्धानकर्ताहरूको छ। गुगलमा गरिएको उक्त
अनुसन्धानलाई क्लिनिकल सर्पोट प्रोग्रामले महत्वपूर्ण उपलब्धिको संज्ञा दिँदै
भनेको छ स्वास्थ्य क्षेत्रका लागि यो यस अर्थमा पनि निकै सहयोगी हुनेछ किनकी
गुगललाई प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न र सहज रूपमा फाइदा लिन सक्नेछन्।
जीमेलको पप डाउनलोड
तपाई हामीमध्ये कैयौँलाई दिनहुँजसो आफ्नो
इमेल हेरिराख्नुपर्ने हुन्छ। कतिले त आफ्नो मेलबक्सलाई नै डायरीको रुपमा पनि
प्रयोग गरिराखेका हुन्छौँ। तर हामीमध्ये धेरैलाई खट्किएको कुरा हो हामीले हाम्रो
मेलबक्सको एउटा इमेल हेर्नुपर्यो भने लामो समय पर्खिएर इमेल प्रयोग गर्नुपर्ने
हुन्छ। अझ सिडिएमए फोनबाट डायल अप इन्टरनेट प्रयोग गर्नेहरुको लागि त पटक पटक
इन्टरनेट जोडेर लामो प्रक्रिया पूरा गरेर इमेल हेर्नु पक्कै पनि खर्चिलो र
झन्झटिलो हुन्छ। तर घरमै आफ्नै कम्प्यूटरमा इन्टरनेट प्रयोग गर्नेहरुको लागि भने
यति झन्झटिलो प्रकृया पूरा गर्नु पर्दैन। हामीले गुगलको इमेल सेवा जीमेल प्रयोग
गर्यौँ भने यी सबै प्रकृयाबाट मुक्ति पाउन सकिन्छ। गुगलको इमेल बनाउने प्रकृया
अन्य इमेल बनाएजस्तै हुन्छ। यसके लागि तपाइले आफ्नो ब्राउजरमा जीमेलको वेब ठेगाना www.gmail.com टाइप गर्नुहोस्। त्यसपछि आउने पेजमा Sign Up मा क्लिक गरेपछि आउने फर्म पूरा भरेर रजिष्टर गरेपछि हामीले
जीमेल इमेल ठेगाना प्राप्त गर्न सक्छौँ। (जीमेलको इमेल बनाउने तरिका अन्य निशुल्क
इमेल प्रदायक वेबसाइटहरु याहू, हटमेल, रेडिफमेल आदिसंग मिल्छ) अब तपाइको जीमेल इमेल खोल्नुहोस् र
सबैभन्दा माथि दायाँतिरको Setting मा क्लिक गर्नुहोस्।
त्यसपछि आउने पेजमा Forwarding and pop मा क्लिक गर्नुहोस्।
अब Enable pop for all mail भन्ने बक्स चेक
गर्नुहोस् र Save Settings बटनमा क्लिक
गर्नुहोस्। अब तपाइको इमेल क्लाइन्ट आउटलुक एक्सप्रेस खोल्नुहोस्। अब Tools मेनुमा गएर Accounts मा क्लिक गर्नुहोस्।
त्यसपछि Add बटनमा क्लिक गर्नुहोस् र Mail मा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो पूरा नाम राखेर Next गर्नुहोस् त्यसपछि आफ्नो पूरा इमेल ठेगाना राखेर Next गर्नुहोस्। त्यसपछि आउने बक्समा Incoming Mail Server मा Pop.gmail.com
र
Outgoing Mail Server मा smtp
.gmail.com
राख्नुहोस्
र Next गर्नुहोस्। त्यसपछि आउने बक्समा देखिने Account Name मा भएको नाम नमेटाइ त्यसको पछाडी @gmail.com थप्नुहोस् तल्लो कोठामा आफ्नो पासवर्ड राख्नुहोस् र Next गर्नुहोस् र Finish गर्नुहोस्। अब तपाइको
अगाडिको बक्मा तपाइले भर्खरै बनाएको इमेल खातामा क्लिक गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस्। त्यसपछि Servers Tab मा क्लिक गर्नुहोस्। त्यसपछि तल्लो भागमा रहेको My server Requires authentication भन्ने बक्स चेक
गर्नुहोस्। अन्तिमको Advanced Tab मा क्लिक गरेर Pop र Smtp दुबैको This server requires a source connection भन्ने बक्स चेक
गर्नुहोस्। तल्लो कोठाको अंक आफै परिवर्तन भएर 995 हुन्छ
माथिल्लो कोठामा 465 राख्नुहोस् र ok गर्नुहोस्। अब तपाई आउटलुक एक्सप्रेसमा मजाले इमेल चलाउन
सक्नुहुन्छ।
आगमी वैशाखबाट ‘‘विन्डोज सेभेन‘‘
नेपालीमा
आगमी २०६७ को वैशाखबाट कम्प्युटर
सञ्चालन प्रणाली (ओएस) विन्डोज सेभेन अब प्रयोगकर्ताले नेपाली भाषामा चलाउन
पाउनेछन् ।नेपाली विन्डोज सेभेनको विकास कार्य अन्तिम चरणमा पुगेको छ। ‘वैशाख महिनामा प्रयोगकर्तामाझ ल्याउनेगरी हामी तयारी गर्दैछौं,' माइक्रोसफ्ट नेपालका प्रमुख एलन वैलोचन तुलाधर भन्छन्।
माइक्रोसफ्टले यसअघि बजारमा ल्याएको ओएस भिस्टाको पनि नेपाली संस्करण बनाएको थियो।
विन्डोज सेभेनको नेपाली र अंग्रेजी
संस्करणमा खासै फरक छैन। मात्र भाषा फरक हुनेछ। ओएसमा प्रयोग गरिएका सम्पूर्ण
फिचर्स हुबहु छन्। भाषासम्बन्धी फिचर्समा भने केही भिन्नता भेटिन्छ। माइक्रोसफट्को
प्रावधान नै यस्तै छ - स्थानीयकरण गर्दा भाषाबाहेक अन्य फिचर्समा फेरबदल गर्न
पाइने छैन। अर्थात, अंग्रजी संस्करणमा भन्दा नेपाली
संस्करणका उपभोक्ताले बढी सुविधा पाउनेछन्।अधिकांश प्रयोगकर्ताले विन्डोज एक्सपी
ओस प्रयोग गरेका छन्। ज्यादै थोरैकोमा विन्डोज भिस्टा छ। भिस्टाभन्दा एक्सपी
पुरानो ओएस भएपनि प्रयोगकर्ता भिस्टामा रहेका प्राविधिक कठिनाइका कारण एक्सपीमा
अडिग रहे। यसैकारण माइक्रोसफ्टले भिस्टा ल्याएको तीन वर्ष बित्न नपाउँदै विन्डोज
सेभेन ल्याउन बाध्य भयो।नेपाली विन्डोज सेभेनमा अक्षरको आकार (फन्ट साइज) केही
सानो पारिएको छ। साना ल्यापटप, नोट बुक र मोबाइलमा
समेत स्क्रिन पूरा अटोस् भनेर अक्षरको आकार घटाइएको हो।
एक्सपी र भिस्टामा समावेश गरिएका
सेवालगायत विन्डोज सेभेनमा थुप्रै नयाँ फिचर्स समावेश गरिएको छ। विन्डोज सेभेन बढी
सुरक्षा केन्द्रित बनाइएको छ। र, यसको अर्को विशेषता
भनेको अघिल्ला ओएसभन्दा यो बढी छिटोछरितो छ। धेरै नयाँ फिचर्स समेटिए पनि यसमा खास
७ वटा फिचर्स छन्, जसले प्रयोगकर्ताको ध्यान बढी खिच्नेछ।
माइक्रोसफ्टले यसलाई ‘सेभेन वन्डर्स अफ
विन्डोज सेभेन' नाम दिएको छ।
१) बिट लकर
कम्प्युटर वा ल्यापटपको हार्डडिस्क चोरी
भए अब डराउनु पर्दैन। हार्डडिस्कमा भएका डाटा कसैले पढ्न सक्ने छैनन्।
हार्डडिस्कमा रहेका डाटाको सुरक्षा गर्नेछ ‘बिट लकर' ले।
एक दसकयता बोकेर हिँड्ने प्रविधिको
प्रयोग ह्वात्तै बढेको छ। मोबाइल, ल्यापटप, नोटबुक आदि हराउने वा चोरी हुने सम्भावन पनि उत्तिकै। पहिला
हार्डडिस्क हराए वा चोरी भए अन्य कम्पयुटरमा राखेर पढ्न सकिन्थ्यो। डाटाको मिसयुज
हुने सम्भावन उत्तिकै थियो। तर, विन्डोज सेभेनमा
रहेको बिट लकरले कम्प्युटरको हार्डडिस्क लक गर्न सकिनेछ। लक गर्दा राखिएको पासवर्ड
नमिलेसम्म हार्डडिस्कमा रहेका डाटा हेर्न सकिने छैन।
बिट लकर सेवा सजह रूपमा प्रयोग गर्न
सकिन्छ। विन्डोज सेभेन इन्स्टल गरिसकेपछि ‘नियन्त्रण कक्ष' (कन्ट्रोल प्यानल) मा गएर ‘सुरक्षा' (सेक्युरिटी) आइकन क्लिक गर्नुपर्छ। त्यसपछि ‘बिट लकर' मा डबल क्लिक गरी कुन
ड्राइभलाई विट लक गर्ने छनौटगरी ‘ओके' गरेपछि त्यहाँ रहेका डाटा सुरक्षित हुनेछन्। पाँच सय जिबी
डाटालाई विट लक गर्न झन्डै सात घन्टा लाग्छ। तर एकपटक विट लक गरेपछि त्यो सदाका
लागि हुनेछ।
बिट लकरले हराएको हार्डडिस्कबाट डाटा
पुनः उपलब्ध भने गराउँदैन। यसले मात्र अरूले प्रयोग गर्न नसक्ने बनाउँछ।
हार्डडिस्क चोरी गर्नेले तीन वर्षसम्म निरन्तर पासवर्ड परीक्षण गर्यो भनेचाहिँ
हार्डडिस्क खुल्न सक्छ। तर तीन वर्ष निरन्तर पासवर्ड परीक्षण गरेर बस्ने फुर्सद नै
कसलाई?
विन्डोज सेभेन सपोर्ट गर्ने मोबाइल
प्रयोगकर्ताले समेत यो सुविधा पाउनेछन्। मोबाइल हराएमा एक एसएमएस पठाएको भरमा
मोबाइलमा रहेका सम्पूर्ण डाटा मेटाउन सक्नेछन्।
बिट लकर सेवा उपभोग गर्दा अलि बढी नै
होसियार रहनुपर्छ। यदि लगातार तीन पटकसम्म पासवर्ड गलत हानिएमा त्यसपछि कम्प्युटर
नखुल्ने मात्र होइन हार्डडिस्कमा रहेका सम्पूर्ण डाटा मेटिनेछन्। जसलाई पुनः पाउन
असम्भव छ।
२) युजर इन्टरफेस
विन्डोज सेभेनले प्रयोगकर्तालाई
कम्प्युटर चलाउन निकै सहज बनाउने देखिन्छ। धेरैजसो कमान्ड एक क्लिकका भरमा उपलब्ध
हुने बनाइएको छ। बढी प्रयोग गरिएका कमान्ड टुलबारमै रहनेछन्। टुलबारमा रहेका
कमान्डमा माउस राइट क्लिक गरे सम्बन्धित कमान्डमा पछिल्लो समय काम गरिएका फाइल पनि
उपलब्ध गराउनेछ।
जस्तो एक्सपी र भिस्टामा माइक्रोसफ्ट
वर्ड खोल्न परे माउस तीन-चार पटक क्लिक गरेपछि मात्र सम्भव हुन्थ्यो। विन्डोज
सेभेनले यस्ता सुविधा एक क्लिकमा उपलब्ध गराउँछ। कमान्ड खोजेर बस्नुपर्ने झन्झटबाट
विन्डोज सेभेनले उपभोक्तालाई मुक्ति दिनेछ।
३) डेस्कटप सर्च
डेस्कटप सर्चलाई पहिलेका ओएसमा भन्दा
निकै सशक्त पारिएको छ। सर्चमा गएर कुनै पनि शब्द टाइप गर्न थालेपछि पहिला त टाइप
गरिएका अक्षरसँग मिल्नसक्ने शब्द सुझावका रूपमा प्रस्तुत गर्नेछ। शब्द पूरा टाइप
गरिसकेपछि इन्टर नहान्दै सम्बन्धित शब्दसँग मेल खाने सम्पूर्ण फाइल देखाउनेछ।
यसअघिका ओएसले यति छिटो र सुक्ष्म तरिकाले फाइल खोज्न सक्दैनथे।
४) इन्टरनेट एक्सप्लोरर एट
माइक्रोसफ्टले नयाँ ओएसमा इन्टरनेट
एक्सप्लोररलाई उच्च प्राथमिकतासाथ डिजाइन गरेको छ। ‘इन्टरनेट
एक्सप्लोरर एट' विन्डोज सेभेनमा समावेश गरिएको नयाँ
सुविधा हो। यसमा नयाँ फिचर्स ‘ट्याब' राखिएको छ। सधैं खोलिरहनुपर्ने वेबसाइट ट्याबमा भेटिनेछन्।
इन्टरनेट एक्सप्लोरर एटको विशेषता भनेको
यसले सपोर्ट नगर्ने वेबसाइट पनि पुरानै एक्सप्लोररमा गएर खोलिदिन्छ। जसका कारण
वेबसाइटको स्वरुप बिग्रन पाउँदैन र आफूलाई चाहिने सूचना पढ्न तथा डाउनलोड गर्न
सघाउनेछ। यदि कुनै वेबसाइटलाई इन्टरनेट एक्सप्लोरर एटले सपोर्ट गरेन भने ‘एड बार' को दायाँपट्टी रहेको ‘मिल्दोजुल्दो दृश्य' आइकनमा क्लिक गरेपछि
पुरानो शैलीको एक्सप्लोररमा वेबसाइट खुल्नेछ।
यसमा सुरक्षा अनुप्रयोग (सेफ्टी फिचर्स)
मजबुत छ। सुरक्षा टुलबारमा रहेको ‘इनप्राइभेट ब्राउजिङ' क्लिक गरी इन्टरनेट चलाए हेरिएका कुराहरू लोकल हार्डडिस्कमा
गएर बस्दैन। यो सुविधा पुराना ओएसमा थिएन। ‘फ्यामेली सेफ्टी' (पारिवारिक सुरक्षा) यसमा पाइने अर्को राम्रो फिचर्स हो। यो
फिचर्स अन गरिदिए बच्चाले नचाहिने कुरा इन्टरनेटमा हेर्न सक्ने छैनन्। यसका लागि
बच्चाको छुट्टै लगइन चाहिन्छ।
इन्टरनेट एक्सप्लोरर एटको अर्को राम्रो
पक्ष - यसले खोलिएका वेबसाइटका ठेगानालाई हाइलाइट गरेर देखाउँछ। हाइज्याक गरिएका
वेबसाइट हेरिएको छ वा वास्तविक यही हाइलाइट हेर्नेबित्तिकै थाहा पाउन सकिन्छ।
कहिलेकाहीँ एउटा वेबठेगाना हान्यो तर अर्कै साइट खुल्छ, जुन सामान्य प्रयोगकर्ताले थाहा पाउन गाह्रो थियो। तर अब यसको
समाधान ल्याएको छ नयाँ एक्सप्लोररले।
५) क्यालकुलेटर
३० वर्षपछि माइक्रोसफ्टले क्यालकुलेटरमा
फेरबदल गरेको छ। नेपाली विन्डोज सेभेनमा समावेश गरिएको क्यालकुलेटरबाट अब माना, पाथी, धार्नीमा समेत
हिसाबकिताब गर्न सकिनेछ। कति मानाको पाथी, कति किलोको धार्नी
सबै क्यालकुलेटरले सिकाउनेछ। केजीलाई धार्नी,
माना, पाथीमा लैजानसमेत क्यालकुलेटर सक्षम छ। क्यालकुलेटरमा फिट, मिटर, रोपनी, बिगा, हात सबैमा हिसाब गर्न
सकिनेछ। वैज्ञानिक र प्रोगामर दुईथरी क्यालकुलेटरलाई मर्ज गरी एउटा बनाइएको हो।
क्यालकुलेटरले पुराना क्यालेन्डर खोज्न
नपर्ने पनि बनाएको छ। किनकी क्यालकुलेटरबाटै विक्रम सम्बतलाई इस्वी सम्बतमा लान
सकिनेछ। अझ स्पष्ट भन्नुपर्दा एक्सएलका धेरै सुविधा क्यालकुलेटरमा समावेश गरिएको
छ।
कति अंकको बीचमा कमा राख्ने हो त्यो
क्यालकुलेटरमा आफै मिलाउन सकिनेछ। यसमा क्यालकुलेसन इतिहाससमेत हेर्न सकिन्छ।
क्यालकुलेटरमा गरिएका हिसाब मेमोरीमा गएर बस्छ। त्यहीबाट पुराना जोडघटाउ हेर्न
सकिनेछ।
६) वाचन पहिचान (स्पिच रिकग्नाइजेसन)
विन्डोज सेभेनको अर्को आकर्षक अनुप्रयोग
‘वाचन पहिचान' हो। विन्डोज सेभेनमा मौखिक आदेशका भरमा कम्प्युटर सञ्चालन गर्न
सकिन्छ। बिनाकिबोर्ड र माउस यसमा काम गर्न सकिन्छ। जे बोल्यो त्यो कम्प्युटरले आफै
टाइप गर्छ। यति मात्र होइन, यसले ह्रस्वदिर्घसमेत
मिलाउन सक्छ। आवाजबाट पाठ (स्पिच टु टेक्स्ट) र पाठबाट आवाज (टेक्स्ट टु स्पिच)
दुवै सुविधा यसमा छन्। अर्थात यसले पाठलाई पढेर सुनाउन र आवाजलाई पाठमा लैजान
सक्छ।
नेपाली विन्डोज सेभेनको शब्दावलीमा ५८
हजार नेपाली मूल शब्द समावेश गरिएको छ। जसबाट दुई करोड नेपाली शब्द बनेका छन्।
जसमध्ये ५ हजारभन्दा बढी त प्राविधिक शब्द नै छन्। गालीगलौज, मानहानी, विभेद जनाउने तीनसय
भन्दा बढी शब्द यसमा ब्लक गरिएको छ।
७) मल्टिटच फिचर्स
विन्डोज सेभेन माउस, किबोर्ड, मौखिक आदेशको भरमा
मात्र होइन औंलाले छोएर पनि चलाउन सकिन्छ। टच स्क्रिन मोबाइल निर्मातालाई चुनौती
दिने गरी वन्डोज सेभेन विकास गरिएको छ। आइफोनमा जस्तै यसमा पनि औंलाले छोएर सबै
काम गर्न सकिन्छ। तर, यसका लागि टच स्क्रिन
मनिटर हुन अनिवार्य छ।
भिस्टामा सिंगल टच मात्र सम्भव थियो।
विन्डोज सेभेनमा मल्टिटच सम्भव छ। विन्डोज सेभेन राखिएको ल्यापटपको स्क्रिनमात्र
होइन ‘टच प्याड' बाट
पनि मल्टिटच सुविधा प्रयोग गर्न सकिनेछ। स्क्रिनमा औंला चलाएको भरमा तस्बिर
सानोठूलो, पाठ टाइप गर्न सकिनेछ।
अन्य महत्त्वपूर्ण सुविधा
- विन्डोज सेभेनमा अन्य
यस्ता सुविधा पनि छन् जुन पहिलाका ओएसमा समावेश गरिएको थिएन। यी सुविधा प्रयोग
गर्न पाउँदा साँच्चै नै प्रयोगकर्ता एकछिन चकित पर्नेछन्। ‘पावर सेल' यिनैमध्ये एउटा
सुविधा हो। यसमा डस, लिनक्स र म्याकका कमान्ड चलाउन सकिन्छ।
माउस र किबोर्डले गर्न नसक्ने कम्प्युटर नियन्त्रण पावर सेलबाट गर्न सकिन्छ।
खासगरी यो प्राविधिक प्रयोगकर्ताको लागि बनाइएको हो।
- विन्डेज सेभेनभित्र
रहेर पुरानो ओएस एक्सपी पनि चलाउन सकिन्छ। यो यसको अर्को विशेषता हो। एक्सपीका
प्रयोगकर्ता बढी भएका कारण माइक्रोसफ्टले यसलाई चलाउन मिल्ने गराएको हो। अर्थात
नयाँ र पुरानो प्रविधि एकसाथ चलाउन सकिनेछ। ‘विन्डोज एक्सपी मोड' डाउनलोड गरेपछि मात्र विन्डोज सेभेनभित्र रहेर एक्सपी चलाउन
सकिनेछ। विन्डोज एक्सपी मोड इन्टरनेटबाट निशुल्क डाउनलोड गर्न पाइन्छ।
-
‘एरो
सेक' अर्को महत्त्वपूर्ण सेवा यसमा समावेश
गरिएको छ। खोलिएकोमध्ये अगाडिको विन्डोमा गएर माउसको एरो हल्लाउने हो भने पछाडिका
सबै विन्डो मिनिमाइज हुन्छन्। माउसको एरो पुनः हल्लाए मिनिमाइज भएका सबै विन्डो
खुल्छ।
- अर्को महत्त्वपूर्ण
सुविधा भनेको नेपाली विन्डोज सेभेन राखिएको कम्प्युटरमा यसको अंग्रेजी संस्करण पनि
एकसाथ चलाउन सकिनेछ। यो सुविधा पहिलेको ओएसमा थिएन। पहिला नेपालीबाट अंग्रेजी
संस्करणमा जानुपरे कम्प्युटर ‘रिबुट' गर्नुपर्थ्यो। विन्डोज सेभेनमा बहुबुट गर्ने सुविधा राखिएको छ।
एकसाथ नेपाली र अंग्रेजी संस्करण इन्स्टल गर्न सकिनेछ।
इन्स्टल कसरी गर्ने
विन्डोज सेभेनको नेपाली र अंग्रेजी
संस्करण इन्स्टल गर्ने प्रक्रिया, यसको लागि चाहिने
आवश्यक न्यूनतम हार्डवेयर सबै एउटै हो। अंग्रेजीजस्तै नेपाली संस्करण पनि ३२ बिट र
६४ बिट कम्प्युटरमा चल्नेछ। यी दुवै कम्प्युटरका लागि भिन्दाभिन्दै ओएस तयार
पारिएको छ। तर, सुविधामा भने खासै भिन्नता छैन।
विन्डोज सेभेनको लागि सिपियु एक गिगा
हर्ज वा योभन्दा द्रुत गतिको चाहिन्छ। र्याम भने ३२ बिट कम्प्युटरमा एक गिगा
बाइट्स (जिबी) र ६४ बिट कम्प्युटरमा दुई जिबी हुन जरुरी छ। ग्राफिक्स प्रोसेसिङ
युनिट ‘एरो क्यापेबल' छ। भिडियो र्याम १२८ मेगाबाइट्स (सेयर्ड) आवश्यक पर्छ।
हार्डडिस्क ३२ बिट कम्प्युटरको लागि १६ जिबी र ६४ बिट कम्प्युटरको लागि २० जिबी
अनिवार्य छ। अप्टिकल ड्राइभमा डिभिडी वा युएसबीमध्ये एक भए हुन्छ।
विन्डोज सेभेन इन्स्टल गर्ने सोच छ भने
पहिला आफ्नो कम्प्युटर तथा ल्यापटपमा माथि उल्लेख गरिएका न्यूनतम हार्डवेयर
आवश्यकता मेल खान्छ कि खाँदैन चेक गर्नुपर्छ। यो थाहा पाउन गाह्रो छैन।
१) पहिला कम्प्युटरको ‘स्टार्ट' बटन क्लिक गर्नोस्
२) त्यसपछि ‘माई कम्प्युटर' मा राइट क्लिक
गर्नोस्, अनि ‘प्रोपर्टिज' मा
यति गरेपछि ‘सिस्टम प्रोपर्टिज' स्क्रिनमा खुल्छ।
त्यहीँ सबै जानकारी राखिएको हन्छ - कम्प्युटरमा कुन ओएस छ, कति जिबी हार्डडिस्क, र्याम कति छ, कति बिटको कम्प्युटर आदि। सिस्टम प्रोपर्टिजमा यदि ‘एक्स ६४ एडिसन' देखिएन भने
बुझ्नुपर्नेछ कम्प्युटर ३२ बिटमा चलिरहेको छ।
यदि तपार्इंको कम्प्युटरमा एक्सपी र
भिस्टामध्ये एक ओएस छ भने बुझ्नुपर्नेछ त्यसमा विन्डोज सेभेन चल्नेछ। सम्भवतः
विन्डोज सेभेन ३२ बिट कम्प्युटरमा चल्ने माइक्रोसफ्टको अन्तिम ओएस हुनेछ। धेरै
प्रयोगकर्ता एक्सपीमै अडिग रहेका कारण विन्डोज सेभेनलाई ३२ बिट कम्प्युटरमा समेत
चल्नेगरी विकास गरिएको हो।
एक्सपी ओएस रहेको कम्प्युटरमा केवल ‘सी' ड्राइभ मात्र फरम्याट
गरे हुन्छ। पहिला सी ड्राइभमा रहेका आवश्यक फाइललाई सुरक्षित राख्नुपर्छ। यसको
लागि माइक्रोसफ्टको आधिकारिक साइटमा गएर ‘विन्डोज इजी ट्रान्फर' (बेट) टुल डाउनलोड गर्नुपर्छ। यो डाउनलोड गर्नेबित्तिकै सी
ड्राइभमा रहेका फाइल ब्याकअप गर्नेछ। अनि सुरु गर्नुपर्छ विन्डोज सेभेन इन्स्टल
गर्न। इन्स्टल भैसकेपछि कम्प्युटरमा रहेको बेट टुलमा गएर क्लिक गरेपछि सी ड्राइभका
फाइल पुनः प्राप्त गर्न सकिन्छ।
http://youritguide.blogspot.com/
http://www.yohobarcelona.com/news.php?extend.264
Video
Cutter - भिडियोहरु
आफ्नो इच्छा अनुसार Cut गर्नुहोस्
भिडियो फाइलहरुलाई आफ्नो इच्छा अनुसार cut गरेर save गर्ने utility को खोजीमा हुनु हुन्छ भने यो utility सहायक
हुन सक्छ । एकदमै सानो यो utility को मद्घतले तपाईंले
भिडियोहरु को साथ साथै mp3 फरम्याटका म्युजिक
फाइलहरु समेट cut गर्न सक्नु हुन्छ, भन्नुको मतलब कुनै फ्लिमको VCD बाट
तपाईंलाई कुनै गीत मात्र save गर्नु छ वा कुनै
म्युजिक फाइलको कुनै अँश मात्र save गर्नु छ भने यो software को मद्घत लिन सक्नु हुन्छ । यसले support गर्ने फाइल फरम्याटहरुमा mpg,mpv,dat,avi,mp3 आदि ।
यो Utility
Download गर्न
यहाँ क्लिक गर्नु होला
कसरी भिडियो फाइल Cut गर्ने त ?
१) सर्वप्रथम यो utility download गर्नुहोस् र unzip गर्नुहोस् ।
२) VCDCUT.EXE
फाइललाई
खोल्नुहोस् ।
३) File
मा
क्लिक गरेर Open Movies मा जानुहोस् ।
४) तपाईंले cut गर्नु पर्ने भिडियो फाइल कुन हो छानेर open गर्नुहोस् ।
५) अब तपाईंले Play बटन थिचेर भिडियो play गर्न सक्नु हुन्छ ।
तलको बार सारेर कहाँ देखी video cut गर्ने हो त्यो set गर्नुहोस् ।
६) ( पहिलो step "Clip Mark In" ) कहा देखी भिडियो cut गर्ने हो स्टार्ट पोइन्ट set
भई
सकेपछि F5 वा यो बटन क्लिक गर्नुहोस् ।
७) ( दोस्रो step "Clip Mark Out" ) अब play
गरेर
वा तलको बार सारेर End पोइन्ट set गर्नुहोस् र F6 वा यो बटन क्लिक
गर्नुहोस् ।
८) ( तेस्रो step "Add to clip list" ) क्लिप लिस्टमा सेट
गर्न F7 वा यो बटनमा क्लिक गर्नुहोस् ।
९) ( चौथो step "Make Clips" ) अब भिडियो save गर्न F8 वा यो बटनमा क्लिक
गर्नुहोस् । भिडियो कहाँ save गर्ने हो location दिनुहोस् save as type मा फरम्याट
छान्नुहोस् र save गर्नुहोस् ।
Windows
Tip - Product keys/serial no. Recover गर्नुहोस्
धेरै चोटि हामीलाई आफ्नो कम्प्युटरको operating system धेरै कारणले गर्दा re-install गर्नु परिरहेको हुन्छ । यस्तोमा एउटा common problem भनेको re-installation procress गर्दा हामीलाई MS-Office,
Windows आदिको
product keys/serial nos/registration keys
को
आवश्यकता पर्दछ । जब हामीले यस्ता software
किनेर
ल्याएका हुन्छौ त्यती खेर हामीले यि product
keys/serial nos/registration keys हरुलाई सुरक्षित राख्न भुलेमा समस्या हुने नै भयो, अर्को समस्या भनेको यदि हामीले यस्ता software preinstalled गरेकै PC किनेर
ल्याएका छौ भने त product keys/serial
nos/registration keys आफ्नो साथ हुने कुरै भएन ।
यो समस्या समाधानको लागि एउटा सजिलो
उपाय छ , हामीले आफ्नो यस्ता software को product keys हरु सजिलै Track गर्न सक्छौ । एउटा सानो Utility
को
मद्घतले तपाईंले आफ्नो कम्प्युटरमा install
भएको
MS-Office , Windows, Exchange Server, and
SQL Server को
ProductID र CD-Key
पाउन
सक्नु हुन्छ । तपाईंले यो utility Run गरेर आफ्नो operating system को यि इन्फर्मेसन हेर्न सक्नु हुन्छ ।
अब तपाईंको software (Windows/office) को product
key हरायो
भनेर पिर नमान्नुहोस् , कम्प्युटर re-install गर्नु भन्दा अगाडि यो utility
लाई
run गरेर आफ्नो software को product ID र product key टिप्नुहोस् ।
यो Utility
download गर्न
यहाँ क्लिक गर्नुहोला
software
download गरीसकेपछि
यसलाई unzip गर्नुहोस् र यसको Produkey.exe फाइललाई run गर्नुहोस्
, तपाईंले आफ्नो कम्प्युटरमा installed भएको software हरुको product key हरुको list त्यहा
हेर सक्नु हुनेछ ।
मेरो कम्प्युटरमा install भएका software हरुको list तलको picture मा हेर्नुहोस् त (
मेरो pc को details
हरु
मैले छोपेको छु है )
यस्तै product key हरु पत्ता लगाउने अरु utilitys
हरु
download गर्न :
LicenseCrawler
Product
Key Finder
KeyFinder
Pro
WinGuggle
RockXP
Product
Key Finder (OTT Solutions)
Magical
Jelly Bean Keyfinder v2.0.1
Winkeyfinder
Keyfinder
Thing
केही रमाइलो गरौ Yahoo! सँग
के तपाईंले Notice गर्नु भएको छ ?
साथीहरु आज एकछिन Yahoo को साईटमा गएर रमाइलो गरौ है, हुन
त Yahoo को साईट visit नगर्ने
शायदै कोही होला तर पनि तपाइहरुले यो कुरालाई Notice
गर्नु
भएको छैन होला यो कुरा त्यसैले यहाँ share गर्दैछु । त्यसको लाई
सर्वप्रथम Yahoo को homepage
मा
जानुहोस् ।
बाँया तिर Yahoo को logo देख् नु भयो होला र
त्यो logo को पछाडि exclamation symbol मा माउस पोइन्ट लानुहोस् र क्लिक
गर्नुहोस् , यहाँ यो कुरा याद राख्नुहोस् कि तपाईंको
Speaker On र volume
Loud होस्
... ... ...
छैन त Funny ???
Multiple
सर्च
ईन्जिन "nowGoogle" ट्राई गर्ने कि ?
"nowGoogle"
नाम
सुन्नु भएको छ ? जहाँ सम्म धेरैलाई यसको बारे थाहा छैन
होला । "nowGoogle" एउटा multiple सर्च ईन्जिन हो जसबाट एकै चोटि १० वटा सर्च ईन्जिनको काम गर्न
सकिन्छ । एकै चोटि १० वटा सर्च ईन्जिनको काम गर्ने भएकोले यसको प्रयोग गरेर
तपाईंले आफ्नो बहुमुल्य समयको बचत गर्न सक्ने निस्चित नै छ । "nowGoogle" बाट सर्च गर्न मिल्ने सर्च ईन्जिनहरुमा Google, Yahoo, Bing, Ask, AllTheWeb, AOL, Lycos,
Dogpile, AltaVista र Clusty हुन । यो साईटको
साधारण डिजाईनले गर्दा चलाऊन निकै सजिलो पनि छ । तपाईंहरु पनि एक चोटि ट्राइ गरेर
हेर्ने कि ?
यो साईटमा जानको लागि यहाँ क्लिक
गर्नुहोला
मैले kyamazza टाईप
गरेर सर्च गरेर हेरें WoW... !!! मेरो ब्लग त "nowGoogle" मा भएका सबै सर्च ईन्जिनहरुमा listed भई सकेको रहेछ ।
Free
All in One Media File Format Converter
Format
Factory एउटा
यस्तो फ्री मा उपलब्ध Conversion tool हो जसको मद्घतले
तपाईंले audio, video का साथसाथै images को समेट अहिले चलेको फरम्याटहरुमा कन्भर्ट गर्न सक्नु हुन्छ ।
तपाईंले कन्भर्ट गर्न सक्ने नाम चलेका फरम्याटहरु जस्तै : WMV, AVI, MPG, MP3, WMA, AAC, JPG, PNG, GIF, का साथसाथै अरु पनि ।
यो software चलाऊन पनि एकदम सजिलो छ र सबैभन्दा ठुलो
कुरा यो एकदम फ्री मा उपलब्ध छ र तपाईंले यसको उपयोग जे purpose को लागि पनि गर्न सक्नु हुन्छ ।
यो software
ले
Provides गरेका functions हरु बारे एकपल्ट बुझौ ...
@ सबै भिडियो फाइल
फरम्याटहरु बाट MP4/3GP/MPG/AVI/WMV/FLV/SWF.
@ सबै अडियो / भिडियो
फाइल फरम्याटहरु बाट MP3/WMA/AMR/OGG/AAC/WAV.
@ सबै इमेज फाइल
फरम्याटहरु बाट JPG/BMP/PNG/TIF/ICO/GIF/TGA.
@ डि.भि.डि बाट भिडियो
फाइलमा Rip , म्युजिक सि.डि बाट अडियो फाइलमा Rip
@
MP4
फाइल support iPod/iPhone/PSP/BlackBerry फरम्याटहरुमा र अरु
पनि धेरै धेरै ....
यो software
Download गर्न
यहाँ क्लिक गर्नुहोला
यो software
प्रयोग
गर्ने तरिका :
१) सर्बप्रथम यो software download गरेर install गर्नुहोस्
।
२) बाँया तिर भएका Category हरु मध्य आफुलाई कन्भर्ट गर्नुपर्ने फरम्याट छान्नुहोस् ।
३) अब आफुले कन्भर्ट गर्न चाहेको
फाइललाई add file मा क्लिक गरेर छान्नुहोस् र ओके
गर्नुहोस् । तपाईंले यतिखेरै आउटपुट setting
पनि
परिवर्तन गर्न सक्नु हुन्छ र यही बाट तपाईंले output
फोल्डर
पनि छान्न सक्नु हुन्छ ।
४) सबै मिलाई सकेपछि अन्तिममा Start बटन क्लिक गर्नुहोस् ।
केही समस्या परेमा कमेन्ट मा लेख् न
नभुल्नु होला ।
आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्
आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick
को
मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,
१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर
desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।
[.ShellClassInfo]
IconFile=%SystemRoot%\system32\SHELL32.dll
IconIndex=127
ConfirmFileOp=0
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
Attributes=1
IconArea_Image="YourPictureName.jpg"
IconArea_Text="0xFFFFFF"
VeBRA
sources - don't delete the tag above, it's there for XXXXX purposes -
[ExtShellFolderViews]
{BE098140-A513-11D0-A3A4-00C04FD706EC}={BE098140-A513-11D0-A3A4-00C04FD706EC}
{5984FFE0-28D4-11CF-AE66-08002B2E1262}={5984FFE0-28D4-11CF-AE66-08002B2E1262}
[{5984FFE0-28D4-11CF-AE66-08002B2E1262}]
PersistMoniker=Folder.htt
PersistMonikerPreview=%WebDir%\folder.bmp
३) जहाँ "YourPictureName.jpg" लेखिएको छ त्यसको
ठाउमा Background
राख्नु
पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : "kyamazza.jpg"
४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर
तपाईंको pendrive
मा
पेस्ट गर्नुहोस् ।
५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।
६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ ।
७) तपाईंले यही Trick लाई आफ्नो
कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर Drive मा Background Wallpaper राख्नसक्नु हुन्छ ।
आफ्नो फोटोको आँफै Pencil Sketch बनाउनुहोस्
तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल
स्केच बनाउनु भएको छ ? यदि
तपाईं Art
गर्नु
हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो
पनि सम्भब छ , यसको
लागि तपाईंले कुनै Art class लिनु
जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।
यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै
सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि
तपाईंले यो सफ्टवयर install गरी
सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस्
बस काम सकियो , तपाईंको
आफ्नो फोटोको sketch तयार
हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त
बनाउने हैन त आफ्नो फोटोको स्केच ???
सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक
गर्नुहोला
Labels: internetsansar,
software
Free मा संसारको कुनै पनि
देशमा SMS पठाउनुहोस्
Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु
ईन्टरनेटमा पाईन्छन, कुनै
ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन
सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने
कुनैले Mero
Mobile मा
मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट
तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने
हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन
सकिन्छ ।
यो साईटको अर्को पक्ष के पनि छ भने यसमा
हामीले कुनै Registration गरी राख्नु पर्दैन , बिना Regstration SMS पठाउन मिल्ने भएकोले
तपाईंले आफ्नो परिचय पनि दिनु पर्दैन र SMS
मा
तपाईंको कुनै इन्फर्मेसन जादैन भन्नुको मतलब तपाईंले आफ्नो परिचय वा नम्बर गोप्य
नै राखेर SMS गर्न सक्नु हुन्छ । एक किसिमले यो
राम्रो पक्ष हो भने यो नराम्रो पक्ष पनि हो,
राम्रो
पक्ष के हो भने तपाईंले संसारको जुनसुकै कुनामा पनि फ्रीमा सन्देश पठाउन सक्नु
हुन्छ, नराम्रो पक्ष चाँही कसैले कसैलाई कुनै
नराम्रो नियत राखेर पनि SMS पठाउन सक्छन ।
त्यसैले तपाईंहरु पनि आफ्नो मोबाईलमा कसैको यस्तै झुठो SMS आयो भने Tention नलिनुहोस् आजकालको
टेक्नोलोजीमा यो सम्भब छ र कसैले कसैलाई पनि यस्तो SMS पठाउन
सक्छन ।
Free
Worldwide SMS को
लागि यहाँ क्लिक गर्नुहोला
यो साईट बाट SMS पठाउन
@
Mobile Number मा
country code सहित मोबाईल नम्बर राख् ने , international code (+ वा ०० ) नहाल्ने ।
@
Message box maa आफुले
पठाउन चाहेको सन्देश टाईप गर्ने ।
@
Verify मा
त्यहा image मा देखिएको letter टाईप गर्ने
@ र अन्तिममा Send बटनमा क्लिक गर्ने ।
सजिलै Screenshots Capture गर्न मिल्ने सफ्टवयर
साधारणतया जब हामी Print Screen बटन Press गर्छौ
त्यतीखेर Screen मा देखिएको इमेज Clipboard मा load हुन्छ । अब उक्त
इमेजलाई save गर्नको लागि कुनै इमेज editing application को सहयोग लिनै पर्ने हुन्छ । इमेज
एडिटिङग application खोलेर त्यहा पेस्ट गरेर अनी मात्र उक्त
इमेजलाई save गर्न सकिन्छ । तर यहाँ चर्चा गर्न
लागिएको software ले यो सबै procress गरिदिन्छ र कुनै इमेज editing
application बिनानै
हामी Capture गरिएको Screenshot लाई save गर्न सक्छौ । यसरी
हामीले Screenshot Capture गर्ने Procress निकै सजिलै गरी आफ्नो बहुमुल्य टाईमको पनि बचत गर्न सक्छौ ।
"Gadwin
PrintScreen" नामक Free मा उपलब्ध यो software प्रयोग गर्न पनि निकै सजिलो छ, यसमा
भएका option हरु जस्तै :
Hot
key (कुन
कि प्रेस गर्दा Screen Capture गर्ने? ),
Source
( Capture गर्ने
area छान्ने ),
Destination
( capture गरिएको
इमेज कहाँ save गर्ने ),
Image
size ( save गर्ने
image कुन size अनी
कुन फरम्याटमा save गर्ने ) आदि आदि ।
...................
Software डाउनलोड
गर्न यहाँ क्लिक गर्नुहोला
फाइल डिलिट भएको कसरी recover हुन्छ -II
समय:: 3/29/2009 10:48:00 AM ·
यस भागको सुरुवात चाँही format गर्नु भनेको के हो ? यस्ले हार्डडिस्क मा
के परिवर्तन ल्याउछ ? त्यस्तै partition गर्नु भनेको के हो ? र partition गर्नुको मुख्य कारण के हो ?
भन्ने
कुरा बाट सुरु गरौ त्यसपछी पुन उही format गरेको partition को फाइल पनि recover कसरी हुन्छ भन्ने
बिषयमा जान्छौ र त्यसलाई केलाउने प्रयास गर्छौ । र अन्त्यमा केही recovery सफ्टवेर कसरी चलाऊने त्यस्को जानकारी लिने छौ । निक्कै समय
पश्चात यो भाग पोस्ट गर्दै छु । यो ढिला हुनुमा केही त नेपाल को लोड शेडिङ र मेरो
आन्य समस्या हो । जुन बेला मलाई फुर्सद भएर यसो लेख्ने जागर भयो त्योबेला लाइन भएन
। फुर्सद न भएको बेला लाइन भएर के गर्ने । खैर यो त भय मेरो समस्या ।
फाइल-सिस्टम एउटा यस्तो प्रबिधी जसले
स्टोरज डिभाइसमा फाइल अथवा फोल्डरहरुलाई मिलाएर छिटो तथा सजिलो निकाल्न र राख्नको
लागि कुनै पनि स्टोरेजमा रखिन्छ । एउटा कुरा के प्रष्ट पारौ भने कुनै पनि स्टोरेज
डिभाइसमा फाइल सिस्टम नभए सम्म फाइल अथवा फोल्डर अझ भनौ केही पनि राख्न सकिन्दैन ।
र फरम्याट गर्नु भनेको चाँही त्यही फाइल सिस्टमलाई हार्डडिस्कको partition मा लेख्नु अथवा install
गर्ने
process भन्ने बुझिन्छ । अनी यसो गर्दा पुरानो
फाइल मेटिनुको मुख्य कारण भने त्यो म्यानेज गर्ने सफ्टवेरनै पुरानो बाट नयाँ हुँदा
पहिलेको फाइल सिस्टमले बनाएको सुँचीहरु सबै डिलिट गरी नयाँ सिस्टम बनाउने हुँदा
पुरनो फाइल डिलिट भएको देख्छौ । यहाँ मैले भने नि फरम्याट गर्नु भनेको पुरनो सुची
लाई डिलिट गरेर नयाँ सुची बनाउनु रहेछ तर बिषयत जस्ताको त्यस्तै छ । यस्लाई प्रष्ट
पार्न एउटा उदाहरण दिन्छु । एउटा लाइब्रेरी छ जहाँ १०० हानाको दराज छ (यसलाई
हार्डडिस्क को पार्टिसन मन्नुहोस्) । अब तपाईंले हरेक हानालाई एउटा नम्बर दिनु
भएको छ र त्यस्को एउटा सुची बनाउनु हुन्छ(यस्लाई फाइल सिस्टम ले बनाउने सुची
मन्नुहोस्) जहाँ के लेख्नु हुन्छ भने १ नम्बर हानामा कुनै लेखकको किताब छ २ हानामा
अर्कै लेखकको किताब छ । अब मानौ तपाईंले सुची बाट १ हानामा किताब नभएको भनी
मेटाउनु हुन्छ भने नयाँ लेखकको किताब राख्नकोलगी १ नम्बरको हाना खाली छ । तर खसमात
खाली सुची मात्र न डिलिट गर्नु भएको हो । यसै कारण तपाईंको सफ्टवेर ले डिलिट भएको
फाइल पनि recover गरेकोहो तर अब नयाँ लेखकको किताब ल्यएर
पुरनो किताब हटाइ नयाँ चाँही राख्नु भयो भने,
अब
भने तपाईंको recovery सफ्टवेरले काम गर्दैन
। भन्नुको मतलब तपाईंले हार्डडिस्क बाट फाइल डिलिट गर्नु भयो भने recover त हुन्छ तर यदी नयाँ फाइल राख्नु भएको छैन भने मात्र । त्यस्तै
फरम्याट गर्नु भनेको पनि नयाँ सुची बनाउनु हो तर किताब त हाना बाट हटायको त छैन ।
त्यसैले फरम्याट गरेको ड्राइभ बाट पनि फाइल recover
हुन्छ
तर नयाँ फाइल रख्नु भयो भने चाँही त्यस्ले पुरनो फाइललाई मेटायर बस्ने हुँदा recover हुँदैन । यस्तै partition
को
केश मा पनि लागु हुन्छ ।
partition
गर्नु
भनेको पनि logically टुक्रा गर्नु हो भन्नुको तात्पर्य के
भने हार्डडिस्क एउटैहो तर धेरै हार्डडिस्क जस्तै गरेर भाग गरी चलाऊनु हो। यो मात्र
operating सिस्टम को लागि हो । वास्तवमा
हार्डडिस्क त एउटै हुन्छ । यो logically गरिने partition को जानकारी MBR मा हुन्छ र त्यो partition delete गर्नु भनेको पनि त्यो MBR बाट त्यो जानकारी हटाउनुहो । भन्नुको मतलब फाइल त जस्ताको
तेस्तै नै छ । न देखिएको मात्र हो । अब recovery
softwarele जुन
साधारण तरिक बाट हेर्ने भन्दा पनि अगी दिएको उधारणा अनुसार भन्नु पर्द हानामा नै
गएर किताब निकल्ने हुन्छ न कि सुचिमा मात्र हेरेर जस्ले गर्दा डिलिट भएको फाइल
होस् अथवा format नै किन नभएको होस् । अझ भन्दा partition नै डिलिट भएको भये पनि यदी नयाँ फाइल थपिएको छैन भने उक्त
हार्डडिस्क बाट फाइल अथवा फोल्डर जस्ताको त्यस्तै निकल्न सकिन्छ(केही फाइलहरु
अपवादको रुप मा देखिन्छन) ।
अब सफ्टवेर चलाऊने तरिका ।
पहिले सफ्टवेर डाउनलोड गर्नुहोस् र जिप
गरिएको छ भने त्यस्लाई unzip गर्नुहोस् ।
अब प्रोग्राम इन्स्टल गर्नुहोस् ।
स्टार्ट मा क्लिक गरी all programs मा क्लिक गर्नुहोस् र runtime software मा माउस लिएर जानुहोस् अब तपाईंलाई
दुइटा option दिन्छ त्यस मध्य यदी तपाईंको हार्डडिस्क
FAT बाट फरम्याट भएको छ भने GetDataBack for FAT छन्नुहोस् यदी NTFS बाट छ भने GetDataBack
for NTFS छन्नुहोस्
।
बाँकी त्यह wizard ले तपाईं लाई सहयोग गर्ने छ । यदी त्यस्मा पनि समस्या आएमा तल
दिएको ठेगाना मा गई आफ्नो समस्या पोस्ट गर्नु होला ।
http://theitexam.com/forum/
डिलिट भएको फाइल कसरी recover हुन्छ - I
समय:: 3/09/2009 01:26:00 PM ·
के तपाईंलाई थाहाछ तपाईंको डाटा डिलिट
भएको छ भने पुन निकाल्न मिल्छ भनेर ? सजिलो जवाफ, थाहा छ Recycle Bin मा जाने अनी Restore गर्ने । तर नि recycle
bin बाट
पनि डिलिट गरेको फाइल लाई कसरी पुन ल्याउने ?
त्यस्तै
partition नै format
गरेपछी
कसरी restore गर्ने ? अझ
partition नै डिलिट गरेको ठाउँ बाट कसरी फाइल
निकल्ने ? कहिले कही के हुन्छ भने जनी नजानी शिफ्ट
डिलिट अर्थात recycle bin मा न पठाइ सिधै डिलिट
गरिन्छ अनी पछी थाहा हुन्छ ओ हो !! महत्वपूर्ण फाइल डिलिट भयो । त्यस्तै partition बिग्रेर format गर्नु पर्ने भयो अथवा
कम्प्युटर बनाउन लगेको बनाउने ठाउँमा जानेर अथवा नजानेर अर्को partition डिलिट गरिदिए जस्मा महत्वपूर्ण फाइल थियो । त्यसपछी त टाउको
दु:खाइ सुरु भयो । यावत कुराहरुको बारेमा आज चर्चा गर्न मन लाग्यो । शायद तपाईंले
यो लेख पढेर आँफैले त्यस्ता फाइल recover गर्न सक्नु होस्
भन्ने मेरो लेख को मुख्य लक्ष्य हो । साथै जस्ले प्रयोग गरी रहनु भएको छ उहा मध्य
कतिलाई यो कसरी सम्भब छ भन्ने थाहा छैन तर प्रयोग गरी रहनु भएको छ उहा हरुको लागि
शायद केही ज्ञान हुने छ ।
मेरो कथा सुनाउन मन लाग्यो जहिले म यो
क्षेत्रको लागि नयाँ थिए त्यस समय मलाई पत्ता लगाउन गर्हो परेको कुरा भनेको यो
कसरी सम्भब छ भन्ने नै थियो । मैले धेरै सँग सोधे तर धेरै ले धेरै प्रकारले जवाफ
दिए । कोहिले के भने "हार्डडिस्कमा compress
भएर
फाइल बसेको हुन्छ त्यहा बाट नै recover हुन्छ" कतिले
चाँही "खोइ यार थाहा भएन" भने भने कतिले चाँही जुन recover गर्ने सफ्टवेर ले नै पुन फाइल बनाएर recover गरिदिन्छ भन्ने सम्म भेटियो तर यस्मा कुनै सत्यता भेटिन भने
ईन्टरनेट गूग्लिङ गर्दा पनि पाउन निक्कै मुस्किल परेको बिषय को रुपमा रह्यो । शायद
तपाईं लाई यो समस्या न आएको हुन सक्छ । केही परिश्रम पस्चात पत्ता लगाउन सफल भय
किनकी मजबुरी थियो किन कि मैले प्रयोग गरेर मात्र भएन किन कि मेरो काम भनेको कसरी
भन्ने प्रश्नको उत्तर पनि दिनु पर्ने हुन्छ । शायद तपाईं मध्य कोही हुनुहुन्छ होला
अथवा हुनुहुनेछ भने सजिलोको लागि यो लेख महत्वपूर्ण हुने छ ।
कसरी recover हुन्छ
भने कुरा जान्न को लागि तपाईंले किताब को बिषय सुची र किताबको समग्री लाई लिना
सक्नु हुन्छ । डिलिट गर्नु भनेको बिषय सुची बाट मेटाउनु मात्र हो तर किताबको पाना
च्यातेर अथवा पानामा लेखिएको कुरालाई नमेटाउनु हो । यस्को प्रमाण को लागि तुल्ना
गरेर हेर्नुस् त 1GB डाटा डिलिट गर्न १ मिनेट भन्दा कम लाग्छ
भने 1GB कपि गर्नु पर्यो भने १० मिनेट लाग्ने
हुन्छ यस बाट के प्रष्ट हुन्छ भने डिलिट गर्दा विषय सुची मात्र डिलिट हुन्छ तर
लेखिएको सामग्री जस्ता को त्यस्तै रहन्छ । त्यसो हो भने नयाँ सामग्री चै नी ? त्यो भने लेखिने बेलामा पुरनो सामग्री मेटिन्दै नयाँ लेखिने
हुन्छ । तपाइँले माइ कम्प्युटर खोल्दा र ड्राइभ खोलेर हेरदा देखिने सामाग्री भनेको
त्यही बिषय सुची बाट देखाइन्छ भने स्पेस को हिसाब पनि त्यही बाट गरिएको हुन्छ
जस्ले गर्दा बिषय सुची बाट डिलिट हुँदा नै हार्डडिस्क मा स्पेस बढ्ने हुन्छ ।
अब format
नै
गरेको चाँही नि ? यस्को पनि साधारण उत्तर रहन्छ । त्यस्को
लागि तपाईंलाई format गर्नु भनेको केहो
भन्ने बारेमा जानकारी हुनु पर्छ साथै partition
डिलिट
गर्दा पनि recover हुनु भनेको जसरी फाइल डिलिट गरेको recover भयो सोही प्रकृयाहो तर यस्को लागि partition delete र partition
delete गर्नु
भनेको केहो भन्ने कुराको जानकारी भये बुझ्नु हुने छ । आगामी लेख हरुमा यस्को पनि
चर्चा अवश्य गर्ने छु । यस्तो सफ्टवेर मा प्रचारको लागि यस्तो लेखिएको हुन्छ ।
Feature
overview
* Recover
data after accidental deletion
* Recover
data after an accidental format
* Recover
data from an inaccessible volume (logical drive)
* Recover
data after FAT corruption
* Recover
data after repartition (fdisk)
* Recover
data from a crashed physical device
* Recover
data after an MBR corruption
* Recover
data from a hard disk drive, camera card, USB drive, Zip, floppy disk
* Recover
data for any error except physical damage
Key
Features
* Supports
FAT 12/16/32
* Supports
NTFS
* Supports
NTFS compressed and encrypted files
* Supports
Dynamic Volume including Simple Volume, Spanned Volume, Stripe Volume, Mirror
Volume and Raid Volume.
* Supports
RAW data recovery
* Built-in
preview function
* Built-in
resume recovery function
* Built-in
Recovery Wizard
अब तपाईं लाई सफ्टवेरको लिन्क दिउँ ।
http://www.4shared.com/file/76195041/da160a22/GetDataBack.html
अथवा
http://www.easy-share.com/1903938989/Power
यसको चलाउने तरिका र अन्य अर्को
भागमा.......
कम्प्युटर हार्डडिस्क र प्रोसेसर
तपाईंको राम्रो कि मेरो ?
समय:: 3/03/2009 10:52:00 AM ·
हामी हरेक दिन आफ्नो कम्प्युटर अथवा
कसैको कम्प्युटरको बारेमा चर्चा गर्द मुख्य प्रसँगनै र्याम , प्रोसेसर र हार्डडिस्क को हुन्छ । समय र मुल्य अनुसार ल्यापटप
होस् अथवा डेस्कटप कम्प्युटर यिनिहरुको बिन्यास फरक फरक पाईन्छ । यसैले पनि आफ्नो
कम्प्युटर सँग आर्को को कम्प्युटर सँग तुलना गर्ने बस्तु अथवा बिषय भनेकोनै र्याम, हार्डडिस्क र प्रोसेसोर नै हुन्छ । तर यो मुख्य हुँदाहुँदै पनि
हामी मध्य कतिलाई यो पनि थाहा छैन कि आफ्नो कम्प्युटर म र्याम कती छ हार्डडिस्क
को क्षमता कती छ साथै प्रोसेसरको के कस्तो हो । अनी चर्चामा सामेल हुन न पाइन्दा
को दु:ख यसरी मेटाउने गरेको पाईन्छ "खै यार आफुले त कम्प्युटरको बारेमा त्यती
धेरै पढेको छैन । मेरो कम्प्युटरमा के के छ थाहा छैन पैसा ...... भने तिरेको थाहा
छ " अनी त साथीहरु बाट झनै ठुल ठुल सुझाब टिका टिप्पणी को बर्षात हुन सुरु
हुन्छ । त्यो त आफ्नो ठाउँमा छदैछ यता आफ्नो कम्प्युटर राम्रो हो कि हैन भन्ने
कुरा को निर्क्योउल निकाल्न गर्हो भई रहेको हुन्छ । यावत कुराको समाधान लेख्न मन
लागेर सुरु गर्दै त छु तर थाहा छैन कहिले सकिने हो । किन कि अहिलेको दिनहरु भनेको
कम्प्युटर कती चल्छ र काम कती गर्न सकिन्छ भन्ने कुराको ठेगाना नरहने दिनहरु हुन
"बत्ती कतिबेर जान्छ ठेगाना छैन" यो सबै को थेगो भई सकेकोले मेरो यो
जानकारी पनि चाडै पोस्ट गर्न भ्याए उत्तम भन्ने सोचेको तर कति दिन लाग्ने हो
हेरौं।
सहीमा भन्नुपर्दा मलाई यो सम्बन्धी
लेख्न मनलाग्नुको पछाडि एउटा मुख्य रहस्य छ । २ ३ दिन पहिले को कुरा हो म एउटा
कामले सरकारी कार्यालय पुगेको थिएँ। अब सरकारी कार्यालयहो काम त अलिकती ढिलो हुन्छ
नै । कामको परखाइमै रहदा छेउमा एउटा कर्मचारी र आर्को चाँही शायद बहिरको भन्नाले
कार्यालय बहिरको मान्छे हुनुपर्छ तर कुरा गराइ बाट उनिहरु राम्रै चिनजानको हुनु
पर्छ गफ गरी रहेका थिए र उनिहरुको प्रसँग थियो "नयाँ कम्प्युटर"
कर्मचारीले नयाँ कम्प्युटर भर्खर मात्र किनेको र बहिरको मान्छेले केही समय आघी ।
त्याह उनिहरुको कुरा के म अड्केको देखियो भने प्रोसेसर , हार्डडिस्क को क्षमता मा । एकजन भन्ने मेरो कम्प्युटरको
प्रोसेसर २.० को छ अर्को भन्ने मेरो प्रोसेसर 3.0 अब कुन राम्रो हो त किन कि
पुरानो कम्प्युटरमा 3.0 जिगा हर्ज को छ भने नयाँ मा झन 2.0 जिगा हर्ज(यो शब्द भने
उनिहरुको नै हो)। त्यस्तै हार्डइस्क एकजान भन्ने ८० जिबी भने अर्को भन्ने ७४ जिबी यावत
कुरा बाट मैले चाँही निश्कर्श के निकाली रहेको थिए भने कुरा दुबइको शही छ तर
बुझाईमा मात्र फरक ।
पहिलो कुरा सुरु गरौ प्रोसेसोर को
प्रसँग बाट कसरी हेर्ने त कम्प्युटरको प्रोसेसोर्को क्षमता कति छ भनेर ?
१। तपाईंको डेस्कटपमा रहेको My Computer मा right
click गर्नुहोस्
।
२। अब properties मा click गर्नुहोस ।
३। general
tab मै
हेर्नुहोस् त ।
अथवा
start
मा
क्लिक गर्नुहोस् र All Programs मा गई Accessories मा जानुहोस त्याहाँ तपाईंले System Tool मा
क्लिक गर्नुभयो भने System Information देख्नु हुन्छ त्याहाँ क्लिक गर्नुहोस् र
तल रातो चिनो लगाएको भागमा हेर्नुस् त ।
तर अब कुरा आँउछ पुरानो चाँही ३।० अनी
नयाँ चाँही २।० अब तेस्को लागि भने यहाँ बाट फरक छुट्टीन्छ ।
-My
computer पुन
right click गर्नुहोस् अनी properties मा क्लिक गरी hardware
Tab छान्नुहोस्
।
-अब Devise Manager बटनमा क्लिक गर्नुहोस् ।
-त्याहा processors को छेउको + मा क्लिक गर्नुहोस् त ।
अब थाहा पाउनु हुन्छ पुरानो कम्प्युटरमा
१ प्रोसेसोर पाउनु हुन्छ भने नयाँ म दुइटा । यस्को मतलब तपाईंको कम्प्युटर ढिलो तर
दुइटा प्रोसेसर छ भने पुरानोमा एउटै तर छिटो चल्ने छ तर तुल्ना गर्ने हो भने
तपाईंको प्रोसेसरको गतिनै छिटो हुन्छ । यो प्रबिधिलाई multi core system अन्तर्गत dual core अथवा core2due हो । भने पुरानो चाँही single
core अन्तर्गत
पर्छ ।
अब कुर गरौ हार्डडिस्क को ।
तपाईंको कम्प्युटरको हार्डडिस्कको
क्षमता हेर्नको लागि -My Computer मै right click गर्नुहोस् अनी Manage मा क्लिक गर्नुहोस् ।
अब Disk
management मा
क्लिक गर्नुहोस् र तल रातो चिनो लगएको भाग मा हेरिनुस् त ।
अब कुरा गरौ के भने 80 GB र 74 GB को यो चाँही खासमा
यस्तो हो । हार्डडिस्क बनाउने कम्पनी र तपाईंको कम्प्युटरमा भएको Operating System ले गर्ने हिसाबको सुत्र मा फरक परेको हो
। त्यो पत्त लगाउन यसो गर्नुस् त .
जम्मा क्षमता 80 GB त्यस्लाई यसरी हिसाब गर्नुहोस्
80GB
= 80*1000*1000*1000 bytes यो हार्डडिस्क कम्पनीको सुत्र
80GB
= 80*1024*1024*1024 bytes यो तपाईंको Operating सिस्टम को सुत्र ।
अब हिसाब गरौन ।
80*1000*1000*1000= 80000000000
((80000000000/1024)/1024)/1024=74.50580596923828125
लग्भग 74GB .
मलाई यो थाहा छ कि यो हामी मध्य धेरै
मित्रलाई थाहा छ । अझ केही भय कमेन्ट मार्फत पाउने आशा छ । धन्यवाद ।।।।
Blogger
र
Google Friend Connect नयाँ प्रबिधी, यसका सेवा र समस्या ।
समय:: 2/27/2009 08:35:00 AM ·
ब्लग प्रयोगकर्ता ले प्रयोग गर्दै
आईरहनु भएको Follower सुबिधा मा गूगलको
केही परिवर्तनले पाएको नयाँ रुप को बारेमा केही चर्चा गर्न मन लाग्यो। हुनत अहिले
यो सुबिधाको आगमन सँगै धेरै साथीहरुको ब्लग को Follower संख्या
घटेको छ यस्को कारण त दिलिप जि off topic कमेन्टको रुपमा
धेरैले पढ्न भ्याइ सक्नु भएको छ भने केही बाँकी हुनु हुन्छ भने यहाँ क्लिक गर्नुस्
।
कुरा यसको मात्र गर्न भने मेरो उदेश्य
पक्कै होइन । मैले चर्चा गर्न खोजेको गूगल ले परिवर्तन गरेको यो सेवा मा परिवर्तन
के के छ र त्यस बाट हुने फाईदा र बेफाईदा कुरा हो ।
यसका फाईदाहरु :
१) पहिले केबल गूगलको प्रयोगकर्ता
तपाईंको पाठक रहन्थे भने अब Yahoo, AOL,
WordPress, Typepad जस्ता का प्रयोगकर्ता पनि थपिने भए। जस्ले तपाईंको लेखन लाई
केही प्रोत्सहन अवश्य मिल्ने हुन्छ ।
२) तपाईंको मित्र संख्या पनि निक्कै
बढ्ने देखिन्छ किनकी तपाईंले जसरी hi5 जस्ता नेट्वोर्क मा
साथीहरुलाई बोलाउने सुबिध दिएको छ त्यसरिनै यहाँ पनि त्यस्तो सुबिध भएको ले
त्यस्को उपयोग गर्न सकिन्छ ।
३)Follower
तस्विरमा
क्लिक गर्दा अर्को window खुलेर त्यस्मा
मित्रको बारेमा लेखेको पढ्न पाइन्थ्यो भने अहिले एकै ठाउँमा देखिने हुन्छ साथै
पहिले नयाँ मित्रले पुरनो मित्रलाई पहिलो ठाउँ बाट बिस्थापित गरिने थियो भने अहिले
जुन पुरनो पहिले र नयाँ पछी देखिने हुन्छ ।
४) सबै भन्दा सजिलो त more भन्ने option मा क्लिक गर्द आन्य
छोपिएको साथीहरु अर्कै screen मा देखिने गरेको मा
अहिले त्यही ठाउँमा देखिने हुन्छ ।
५) मुख्य बिशेषतको कुरा गर्द मित्रको
तस्विरमा क्लिक गर्नु भएमा उहको परिचय त्यसै ठाउँमा खुल्ने हुन्छ भने पहिले अर्कै screen मा खुल्ने गरथ्यो ।
अब केही बेफाईदाहरु :
१) पहिले यो खुल्न अली समय लगाउने हुँदा
तपाईंको ब्लगको नै खुल्ने समय बढीरहेको छ ।
२) सोसल नेट्वोर्किङ मन नपर्नेहरुका
लागि पिडादाइ सबित हुन्छ नयाँ following । किनकी तपाईंलाई पुन
निमन्त्रना आउने क्रम सुरु हुन्छ।
३) follower
बढाउने
प्रतिस्पर्धा को सम्भावना बढी देखिने हुँदा फर्जी ईमेल को प्रयोग हुने सम्भावनालाई
नकार्न मिल्दैन ।
यि सबै बेफाईदाको भय ता पनि आन्य सुबिध
यस्ता छन जुन तपाईंको लागि उपयोगी हुन सक्छ । यि सबैको लागि यो भिडियो हेर्नु भय
हुन्छ । साथै तल दिएको ठेगाना म क्लिक गरी यो भन्दा धेरै जानकारी लिना सक्नु हुन्छ
।
http://help.blogger.com/bin/answer.py?answer=141159
http://www.google.com/friendconnect/
http://buzz.blogger.com/2009/02/friendconnect-grow-your-blogs-community.html
Assembled
कम्प्युटर
राम्रो कि branded कम्प्युटर राम्रो ?
समय:: 2/22/2009 10:58:00 AM ·
पहिलो कुरा त यो विषय नै पुरानो हो किन
कि हामी मध्य धेरैलाइ Assembled कम्प्युटर भन्नाले
कस्तो कम्प्युटर हो र Branded कम्प्युटर भन्नाले
कस्तो कम्प्युटर लाइ भनिन्छ भन्ने कुरा को ज्ञान राम्रो छ । तर पनि कता कता मलाइ
चाहिं अझै पनि कतै नबुझिएको हो कि जस्तो भान हुन्छ । यसको उद्धारण दिन चाहान्छु ।
मेरो एकजाना मित्र हुनुहुन्छ उहाँ केहि हद सम्म कम्प्युटरको बारेमा दखल भएकै
व्यक्ति मान्नु पर्छ । उहाँ के भन्नु हुन्छ भने Mercantile , Dell , HP मध्यकै कुनै कम्प्युटर किन्नु राम्रो हो भन्नु हुन्छ । हो मैले
पनि भने सहि हो यीनै को राम्रो हुन्छ । तर के कुरामा राम्रो हुन्छ अथवा कसरी
यिनिहरू राम्रो भए त ? भन्ने प्रश्न सोध्दा
के जवाफ पाएँ भने । हरेक तवरले राम्रो हुन्छ (स्पिड, क्षमता
, सपोर्ट र अन्य)। याहाँ कुरा आउछ
"के Branded कम्प्युटर सबै भन्दा राम्रो हो त ?, के Assembled कम्प्युटर Branded सँग तुल्ना योग्य नै छैन त ? के
branded कम्प्युटर भन्दा छिटो साथै क्षमतावान
हुन्छ त ?" यावत कुराको निर्क्योल गर्ने प्रयास
गरौं न ।
Branded
कम्प्युटर
भन्नले कस्तो कम्प्युटरलाई भनिन्छ त ?
कुनै यस्तो कम्प्युटर जस्लाई कुनै
कम्पनी ले छुट्टा छुट्टै पाइने सामानलाई जोडेर एउटा पूर्ण कम्प्युटर बनाएर आफ्नो
कम्पनीको टिकट टासी बेच्ने कम्प्युटरलाई आम भाषामा branded कम्प्युटर
भनेर चिनिन्छ । कम्प्युटर बजारमा ग्राहक धेरै प्रकारको हुनु भएकोले यस्ता
कम्पनीहरुले समय र ग्राहकको चाहनलाई ध्यानमा राखेर भिन्न भिन्न किसिमको
कन्फिग्रेसन को कम्प्युटरहरु बजारमा लिएर आउने हुन्छन । अब पढ्न र सुन्न के पाईन्छ
भने ठुला ठुला कम्पनीले चाँही आँफैले आडर दिएर कम्प्युटर पुर्जा बनाउन दिने हुन्छन
रे भने सानो तिनो branded कम्पनी ले त यही
बजारमा हामीले किन्ने सामनहरुनै मगाएर जोड्ने काम गर्छ ।
Assembled
कम्प्युटर
भन्नाले कस्लाई जनाउछ त ?
Assembled
भन्नाले
त्यो कम्प्युटर जुन चाँही बजारमा गएर अफुले चाहे जस्तो सामानहरु तथा त्यसमा पनि
चहिएकै क्षमता भएको समान सहितको कम्प्युटर पसलवाला अथवा आँफैले जोडेर बनायको
कम्प्युटर लाई बुझिन्छ ।
अब कुरा गरौं फरकको branded कम्प्युटरहरु उच्च स्तरको प्राबिधिकबाट पार्ट पुर्जाहरु छान्ने
र त्यस्को संयोजन गर्ने गरीन्छ जस्को मुख्य उद्देश्य भनेको प्रयोगकर्ताको आवश्यकता
परिपुर्ती नै हुन्छ । तर यसो गर्दा हरेक प्रयोग कर्ताको आ–आफ्नै आवश्यकता हुन्छ । जसले गर्दा सवैकोलाइ चाहिएको संयोजनको
कम्प्युटर नभेटिन पनि सक्छ भने उच्च स्तरको प्राविधिकको रेख देखमा बनाइएको
कम्प्युटर हुने र साथै मुख्य चाहि जुन कम्पनी ले निर्माण गरेको हो उक्त कम्पनीको
मातहतमा एक वर्ष अथवा दुइ वर्षको ग्यरेन्टि रहने हुदा प्रयोगकर्ताको सुविधा धेरै
पाइने देखिन्छ । भने Assembled कम्प्युटरमा भने
पसलवालाको सल्लाहा अथवा तपाइँको जानकारीको संयोजनमा पार्ट पुर्जा जोडेर तयार गरीने
कम्प्युटरको ग्यारेन्टी भने पसले ले केहि महिनाको लागि लिने हुन्छ । त्यो पनि
तपाइँ र पसलवालाको बिचको समझदारीमा भर पर्ने हुन्छ ।
यि सबै बाट के देखिन्छ भने पक्कै पनि Branded कम्प्युटर राम्रो र उप्युक्त हुने देखिन्छ । तर केही हिसाबले
भने branded कम्प्युटरको पनि बेफाईदा भने देखिन्छ
त्यो भनेको यस्को मुल्य नै मुख्य हो । यतिकै पनि उस्तै कन्फिगरेसन को branded र assembled मा लग भाग आधा दामकै
फरक पर्ने हुन्छ भने भनेको जस्तो कन्फिगरेसन को branded कम्प्युटर
पनि नपाईने हुन्छ । यस्को उधारणाको लागि मलाई एउटा राम्रो (यहाँ राम्रो भन्नाले
क्षमता बढी भएको भनिएको हो) कम्प्युटरको अवश्यक्ता छ जुन चाँही मैले गेम तथा
सिनेमा हेर्नको लागि किन्न खोजेको हो तर Branded
कम्प्युटर
किन्न गयो भने यस्मा भिडियो कार्ड साथै साउन्ड कार्ड हाई फाइ राखेको हुन्छ अब म
गेम मात्र खेल्ने हुँदा भिडियो कार्ड त ठिकै हो तर त्यस्तो हाइ फाइ साउनड त मलाई
चाँहीएको छैन तर पनि मैले लिनै पर्ने हुन्छ । कहिले काहीत म सँग पैसा तिरेर लिएको
विन्डोजको XP भर्सन छ भने पनि Branded किन्न जाँदा Vista लिनु पर्ने मजबुरी
हुन सक्छ । त्यसै पनि Branded कम्प्युटर मर्मत गर्न
पनि assembled भन्दा बढीनै लग्ने प्राय देखिन्छ ।
अर्को समस्या पनि भनु याहाँ Branded को बारेमा,यसमा तपाइँ संग
विकल्प भनेको केहि हुन्छ भने Assembled मा भने विकल्प नै
विकल्प हुन्छ । Assembled मा तपाइको वजेटको
विकल्प हुन्छ । तपाइँको कामको विकल्प हुन्छ तर Branded मा
भने कम्पनीले जे को जस्तो विकल्प सोचेको छ त्यही तपाइँको पनि विकल्प हुने हुन्छ ।
भन्दैमा Assembled नै राम्रो भनेर मेरो सोच प्रकट गर्न भने खोजेको होइन तर यो पनि
Branded को विकल्प चैं हो भनेको मात्रहो तर
किन्दा कुन लिने भन्ने कुरा भने तपाइँको अावश्यक्ता साथै तपाइँको बजेट यी सबैले
निर्धारण गर्ने देखिन्छ ।
कम्प्युटर चालकको केही राम्रो बानिहरु
समय:: 2/17/2009 12:48:00 PM ·
कम्प्युटर होस् अथवा अन्य कुनै पनि
उपकरण सही किसिमले चलाऊदै आईएको छ भने ठिकै हो नत्र भने चलाऊन अल्छि लाग्ने हुन्छ
। जस्तैमा भनु न कम्प्युटरको डेस्कटप भरी फाइल नै फाइल छ भने त्यो कम्प्युटर
हेर्दै अल्छि लाग्दो हुन्छ । त्यस्मा के काम गरिन्छ होला ? c: डाईभ खोल्यो त्यस्तै । अनी जहिले पनि मिलाउछु भन्यो फेरी
जस्ताको त्यस्तै कती पटक त काम लग्ने फाइल समयमा नभेटेर हैरन त्यसपछी त
कम्प्युटरमा राम्रो गर्न गरेको काम गलत सबित हुन्छ । अब धेरै जसो समय फाइल मिलाउने
नाम मा केही समय कम्प्युटरलाई दीइन्छ तर मिलाउदा मिलाउदै यस्तो महत्वो पूर्ण फाइल
भेटिन्छ जस्लाई धेरै दिन देखी खोजिएको हुन्छ अनी मिलाउने काम सकियो । यावत
समस्याको समाधान एउटै हुन्छ त्यो भने को बानि मा परिवर्तन । यहाँ केही तरिका छ
जस्लाई पछ्याउदा उल्लेखित समस्या कम हुन्छ जस्तो लाग्छ ।
१ #
फाइलहरुको
व्यबस्थापन ।
हामीलाई धेरै सजिलो लाग्छ जब फाइल save गर्दा डेस्कटप अथवा माइ डकुमेन्ट छान्नको लागि तर जब हतारमा
फाइल खोज्नु पर्ने हुन्छ त्यसबेलामा नभेट्नु अझ विशेषत फाइलको पुरा नाम अथवा नाम
नै थाहा नहुनु विचरा छेउमा बसिरहेका आफु भन्दा साना अथवा गालीगर्न मिल्ने अथवा
रिसपोख्न मिल्ने छन भने उनिहरूलाइ दुःख मात्र । यसबाट बच्न तल केहि मेरो तरिकाहरू
लेख्दै छु ।
# पहिले तपाईंको
कम्प्युटरमा प्रयोगबिहिन फाइल डिलिट गर्नुहोस् । त्यस्तै काम लाग्न सक्छ भन्ने
फाइललाई सकेसम्म CD मा नभय एउटै फोल्डरमा राख्ने गर्नुहोस ।
# केही समय फाइलहरु
कसरी राख्ने भन्ने बारेमा योजनको लागि छुट्याउनुहोस् ।
# फोल्डर भित्र सिधै
फाइल नराखी पुन नयाँ फोल्डर बनाउनुहोस् र बनाउदा के ध्यान दिनुहोस् भने फोल्डर को
नामले त्यस फोल्डर भित्र रहेको फाइलको प्रकार लाई जनाओस जस्तै मा भन्नु पर्दा college document, office document, project work,
letter, songs, video आदी ।
२ #
तपाईंको
हार्डडिस्कमा बेला बेला मा Disk Cleanup र Disk Defragmenter चलाऊने गर्नुस् जस्ले केही हार्डडिस्कमा
खाली ठाउँ साथै हार्डडिस्क छिटो चलाऊन मद्घत गर्छ । अब यो कती कती दिनमा चलाऊने
भन्ने कुरा चाँही तपाईंमा भर पर्छ ।
यस्को प्रोग्रामको लागि click Start , point to All Programs, then point to
Accessories, and then choose System Tools.
3
# system restore को
प्रयोग ।
यो एउटा यस्तो टूल हो जस्ले तपाईंलाई
धेरै जसो भैपरिआउने समस्या जस्तैमा भाईरस लागिहाले मा अथवा झुक्किएर कुनै
प्रोग्राम डिलिट गरिएमा अथवा कुनै प्रोग्राम आँफै बिग्रेमा तुरुन्तै पुन पर्योग
योग्य बनाउन केही मद्घत गर्छ । System
Restore ले
तपाईंको कम्प्युटरको अवस्था को रेकर्ड राख्नेहुदा क्यालेन्डरको हेरेर कम्प्युटरलाई
केही समय अगाडिको configuration मा चलाऊन मद्घत गर्छ
।
यो प्रयोग गर्नको लागि
1. Click
Start, and choose All Programs.
2. Point
to Accessories, then point to System Tools, and then choose System Restore.
3. When
the program begins, choose Create a restore point and click Next.
4. Enter
a description of the restore point and click Create. After a few seconds, the
program will tell you the date, time,
and description of the new restore point.
5. Click
Close to exit System Restore.
सकिन्छ भने windows र office सफ्टवेर साथै antivirus लाई समय समय म update गर्ने गर्नुस्
Turn
Windows Update on in Windows XP:
सबै भन्दा महत्वपूर्ण कुर चाँही Anti Virus प्रोग्राम जुनसुकै प्रयोग गर्नु भएको भय पनि अप्डेट र समय समय
म स्क्यान गर्नु चै नबिर्सनु राम्रो कम्प्युटर प्रयोगकर्ता को पहिचन जस्तो लाग्छ
मलाई । हुन त यो सबै धेरै जसोले गरी रहनु भएको हुन्छ साथै कसैले थाहा भाएर पनि
नगरि रहुनु भएको हुन सक्छ उहा हरुलाई नराम्रो भन्ने नियत चाँही मेरो होइन ।
http://www.nayakura.com
Very nice
ReplyDelete