फेसबुकमा गोपनियता कायम राख्ने सूत्रहरु फेसबुक अहिले धेरैको रोजाइमा परेको सामाजिक सञ्जाल हो । तर , यसको प्रयोगको क्रममा कतिपय कुराहरु गोप्य राख्न नसकेर प्रयोगकर्ता हैरान भइरहेका छन् । मैले तपाईलाई केही प्रारम्भिक सुरक्षा उपायहरुबारे जानकारी दिन कोसिस गरेका छु , जुन फेसकुकमा उपलब्ध छन् । यी उपायले तपाईं आफ्नो गोपनीय सूचना , तस्वीर र पोष्टहरु सुरक्षित राख्न सक्नुहुनेछ । मन नपरेका साथीलाई प्रतिवन्ध , लगाउन सक्नुहुनेछ , पुराना पोष्ट हेर्नबाट बन्देज लगाउन सक्नुहुनेछ अनि , जथाभावी आउने इभेन्ट्स र एप रिक्वेष्टलाई पनि कम गर्न सक्नुहुनेछ । तपाईले यसका लागि धेरै ठूलो काम केही गर्नु पर्दैन् । केवल फेसबुकको ‘ प्राइभेसी सेक्सन ’ मा केही परिमार्जन गरे पुग्छ । म यहाँ तस्वीरसहित केही सुरक्षा उपायबारे जानकारी दिँदैछु , जुन बिभिन्न अन्तराष्ट्रिय संचारमाध्यमबाट साभार गरिएका छन् । ( १) फेसबुक पेज खोल्नुहोस् । दाहिनेपट्टिको माथिल्लो कुनामा क्रसर लाग्नुहोस् । त्यहाँ मेनुमा क्लिक गरेर सेटिङ्समा जानुहोस् । ( २) सेटिङभित्र प्राइभेसी भन्ने आउँछ , त्यसलाई खोल्नुहोस् । ( ३) प्राइभेस...