PASSWORD RESET TECHNIQUE






कम्प्युटरमा आफ्नो एकाउन्ट त हामी धेरै जनाले खोलेका छौँ । आफ्नो एकाउन्ट आँफु बाहेक अरु कसैले नचलाउन भनेर हामीले आफ्नो एकाउन्टलाई Password protected पनि बनाँउछौँ । तर कहिलेकाँहि हामी आफ्नो password नै  बिर्सन्छौँ र आफ्नो कम्प्युटरलाई format गरीदिन्छौँ जसले गर्दा हाम्रो अति महत्वपूर्ण फाइल delete हुन पुग्छ । तर एउटै कम्प्युटरमा २ वटा वा सो भन्दा बढि एकाउन्ट  भए password हराएको एकाउन्टको password reset गर्न सकिन्छ । त्यसका लागी तल लेखिएको कुरालाई password थहा भएको एकाउन्टबाट गर्नुपर्छ ।

 १. पहिला पासवर्ड थहा भएको एकाउन्ट खोलेर Windows Key + R एकैचोटि थिच्नहोस् ।
 २. Run Dialogue खुलेपछि cmd टाईप गरेर OK मा क्लिक गर्नुहोस ।
 ३. Command Prompt  खुलेपछि "control userpasswords2" टाईप गरेर ENTER थिच्नुहोस् ।

 ४. एउटा dialogue box खुल्ने छ । त्यसमा जुन  एकाउन्टको पासवर्ड रिसेट गर्ने होत्यसलाई क्लिक गर्नुहोस । 








 ५. अब  "Reset Password" मा क्लिक गर्नुहोस  ।
 ६. मुनि देखाए झैँ एउटा अर्को Dialogue खुल्नेछ ।







 ७. "New Password" मा नयाँ पासवर्ड टाईप गर्नुहोस र फेरी "Confirm new password" मा त्यही पासवर्ड टाईप गरेर "OK" मा क्लिक गर्नुहोस ।

 ८. तपाईँको पासवर्ड रिसेट भयो ।

Comments

Popular posts from this blog

कम्युटर सम्बन्धी टिप्स